सदरलाइनडटकम,
रोल्पा : रोल्पामा बुधवार राती एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । गंगादेव गाउपालिका ५ का सुकलाल सार्किले श्रीमती देविसरा सार्कीलाई धारीलो हतीयार प्रहार गरी हत्या गरेका हुन् ।
राती करिब ११ बजे आफ्नै घरमा श्रीमतीको घाँटीमा खुकुरी प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मानसिक सन्तुलन ठिक नभएका जस्तो देखिने सुकलालले हत्या गर्नुको कारण घरायसी बिवाद रहेको प्रहरीले बताएको छ । सुकलाललाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।
