बाँकेमा विद्युतीय सवारीका लागि चार्जिङ प्वाइन्ट सञ्चालन

सदरलाइन संवाददाता २७ जेष्ठ २०७९, शुक्रबार १७:५३
 

नेपालगञ्ज : बाँकेमा विद्युतीय सवारीका लागि पहिलो पटक चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन भएको छ । कोहलपुर चौराहास्थित बीबी इन्टरप्राइजेजले विद्युतीय सवारीका लागि चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन गरेको हो ।

विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन शुरु गरिएपनि केही थप भौतिक संरचना निर्माणकार्य जारी रहेको सो इन्टरप्राइजेजले जनाएको छ । बीबी इन्टरप्राइजेजका सञ्चालक विष्णु खनालले अब चार्जिङ प्वाइन्ट (स्टेसन)को अभावमा समस्यामा परेका सवारीसाधनलाई सहज हुने बताए ।

अहिले पनि दैनिक सातवटा विद्युतीय गाडीले सेवा लिइरहेका छन् । अनौपचारिक रूपमा गाडी जार्च गर्ने र रिफ्रेस सेन्टरका लागि भौतिक संरचना निर्माणकार्य भइरहेको छ । चार्ज गरेको प्रति युनिट १२ रुपैयाँ मात्रै पर्छ । बाँके जिल्लामा रहेका विद्युतीय सवारीसाधनका अतिरिक्त कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशलगायतका सवारीसाधनले सो सुविधा पाउने छन् ।

त्यस्तै, विद्युतीय चार्ज स्टेसन कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा विस्तार गरिने योजना रहेको सञ्चालक खनालले बताए । विद्युतीय चार्जिङ प्वाइन्ट स्थापनाका लागि बीबी इन्टरप्राइजेजले कोहलपुर नगर विकास समितिको दुई कट्ठा जग्गा १० वर्षका लागि मासिक २० हजार रुपैयाँ भाडामा लिएको छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

बर्दियामा २१ वर्षीया युवती बलात्कृत, ठुलोबुवा पक्राउ

२७ जेष्ठ २०७९, शुक्रबार १७:५३
बर्दिया : बर्दियामा आफ्नै ठुलोबुवाबाट २१ वर्षीया युवती बलात्कृत भएकी छन् । ति युवतीलाई जबरजस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुवा पक्राउ परेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, ठूलोबुबाले ती महिलालाई स्थानीय खेतबारीमा जबरजस्ती करणी तथा […]