अन्तर्घातको उजुरीपछि माओवादी मन्त्री ‘नमुना’को राजीनामा

सदरलाइन संवाददाता २८ माघ २०७९, शनिबार १४:४०
 

नेपालगञ्ज : माओवादीका तर्फबाट लुम्बिनी प्रदेशको मन्त्री बनेकी कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् । उनले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएकी हुन् ।

माओवादीको प्रदेश कमिटीले उनलाई राजीनामा दिन लगाएको हो । यही माघ २५ भएको राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि उनीमाथि पार्टीले छानबिन गरेको थियो ।

प्रदेश कमिटीका एक पदाधिकारीले भने– कृष्णा कमरेडले राष्ट्रिय सभाको चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई भोट नहालेको उजुरी परेको थियो । छानबिन गर्दा उहाँले काँग्रेसका उम्मेदवारलाई भोट हालेको पाइएपछि राजीनामा दिन लगाइएको हो ।


उनले कृष्णालाई थप कारबाहीका लागि पार्टी हेड क्वाटरमा सिफारिस गर्ने समेत बताए । माओवादी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले आफू बैठकमा भएकाले प्रतिक्रिया दिन नमिल्ने बताए ।

माओवादीको केन्द्रीय कमिटी सदस्य समेत रहेकी केसीले राजीनामा बुझाएसँगै मोबाइल स्वीच अफर गरेकी छन् ।उनी बाँके १ को प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके आयुर्वेदद्वारा कोहलपुरमा निःशुल्क उपचार शिविर

२८ माघ २०७९, शनिबार १४:४०
कोहलपुर (बाँके) : बाँके आयुर्वेद स्वास्थ्यद्वारा निःशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोहलपुर कौशल्यानगर वडा नं.१ मा आयोजित निःशुल्क शिविरमा ५ सय २० जना विरामीको स्वास्थ्य जाँच गरिएको बाँके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा.अनिलकुमार चौधरीले जानकारी दिए । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेश सरकार […]