सदरलाइनडटकम,
नेपालगञ्ज : मल्टि च्याप्टरस्तरीय लोम अफिसरका लागि नेपालगञ्जमा तालिम सञ्चालन गरिएको छ । जेसीजको मिसन–भिजनको लक्ष्यलाई अगाडी बढाउन सदस्यहरुलाई सक्रिय बनाउने उद्देश्यले नेपालगञ्ज जेसीजले तालिम सञ्चालन गरेको हो ।
नेपालगञ्ज जेसीजका अनुसार जेसीजको मिसन–भिजन, उत्पे्ररणात्मक तालिम र शाखा सञ्चालन प्रविधिबारे जेसीज अभियान्ताहरुसम्म पुर्याउने उद्देश्यले सञ्चालन गरिएको तालिममा कोहलपुुर जेसीज, तुलसीपुर नगर जेसीज, त्रिभुवन नगर जेसीज, दाङ्ग महिला जेसीज र लमही जेसीजका पदाधिकारी सहभागि छन् ।
कार्यक्रममा नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेलको उपस्थितिमा अन्तर्राष्ट्रिय प्रशिक्षक मिलन गुरुङ्ग, प्रशिक्षक अमिस ढकाल र सुमन श्रेष्ठले सहजीकरण गरिरहेका छन् ।
