वीरेन्द्रनगरमा ‘तपाईंको मास्क खोई ?’ अभियान

सदरलाइन संवाददाता ८ माघ २०७८, शनिबार १४:४०
 

सुर्खेत : कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि सुर्खेतको वीरेन्द्रनगरमा ‘तपाईंको मास्क खोई ?’ अभियान शुरु गरिएको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा सार्वजनिक ठाउँलगायतका ठाउँमा धेरैले मास्क नलगाएको पाइए पछि जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी) को आयोजनामा शनिबार ‘तपाईको मास्क खोई ?’ अभियान शुरु गरिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा अभियान शुरु गरिएको छ । मुख्यमन्त्री शाहीले नागरिकहरुलाई कोरोनाबाट बच्न अनिवार्य मास्क लगाउन आग्रह गरे । साथै उनले खोप केन्द्रहरुमा गएर खोप लगाउन पनि आग्रह गरे ।

कोरोना तेस्रो लहर शुरु भएसँगै सुर्खेतमा पनि कोरोना संक्रमणको दर उच्च रहेको छ । सुर्खेतमा पाँच सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो तीनचार दिनमा कोरोना संक्रमण दर उच्च देखिएको छ ।


प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अनुगमनका क्रममा मास्क नलगाएको पाइए पछि ‘तपाईंको मास्क खोई ?’ अभियान शुरु गरिएको बताए । उनले कोरोनाको जोखिम उच्च रहेकाले सर्तकता अपनाउन जरुरी रहेको उल्लेख गरे ।

उनले शनिवार मात्रै निःशुल्क मास्क वितरण गर्नुका साथै सूचना गरे पनि आइतवारदेखि मास्क नलगाउनेलाई कार्बाही गरिने जानकारी दिए । उनले प्रशासनले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सूचना प्रकाशित गरेर आग्रह गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुरुद्वारालाई मेयर राणाको तलब र भत्ता सहयोग

८ माघ २०७८, शनिबार १४:४०
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले नेपालगञ्जस्थित गुरुद्वारालाई तलबभत्ता सहयोग गरेका छन् । मेयरमा निर्वाचित हुनासाथ मासिक तलबभत्ता सामाजिक कार्यमा सहयोग गर्ने वाचा गरेका राणाले शनिबार गुरुद्धारा पुगेर एक महिनाको तलब र भत्ता गरि चालिस हजार रुपैयाँ गुरुद्वारा समितिका अध्यक्ष राजेन्द्र सिंह सरदारलाई हस्तान्तरण गरे । सो […]