लागुऔषधसहित जमुनाहा नाकाबाट युवक पक्राउ

सदरलाइन संवाददाता १५ पुष २०७८, बिहीबार १४:५५
 

नेपालगञ्ज : नेपालगञ्जको सिमा नाका जमुनाहबाट लागुऔषधसहित एक जना १९ बर्षीय युवक पक्राउ परेका छन् ।

बिहीवार बिहान पौने १० बजे नेपालगञ्जको जमुनाहा नाकामा लागुऔषधसहित गोटीकाँडा गाउँपालिका ५ जुम्लाका १९ बर्षीय दिनेश नेपालीलाई इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले पक्राउ गरेको हो ।


शंकास्पद तरिकाले रुपइडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका नेपालीलाई जाँचका क्रममा लागुऔषध ५१ पिस नाइट्रोभेट टयावलेट, ४० पिस ट्रामाडोल र १० पिस एन टी टेन टयावलेटसहित जमुनाहा प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

पक्राउ परेका नेपालीलाई लागुऔषध कसुरमा थप अनुसन्धान भइरहेको नायब निरीक्षक बिष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वर्ण विजेता महिला भालिबल टोली स्वदेश फिर्ता

१५ पुष २०७८, बिहीबार १४:५५
नेपालगञ्ज : बङ्गलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली बिहीवार स्वदेश फर्किएका छन् । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गरे । विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो । […]

सम्बन्धित