नेपालगञ्ज : बरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन भएको छ । उपचारका क्रममा उनको वेष्टर्न अस्पताल नेपालगञ्जमा शुक्रवार दिउँसो २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
बुवा काशिप्रसाद प्रधान र आमा तुलसी प्रधानको कोखबाट सल्यान खलंगामा डा. प्रधान वि.स.२००२ सालमा जन्मिएका थिए ।