सदरलाइनडटकम,
काठमाण्डौ : इजरायलका लागि चिनियाँ राजदूत डु वे मृत फेला परेका छन् । तेल अभिभ शहरको आफ्नै अपार्टमेन्टमा राजदूत डु वे आइतवार मृत फेला परेका बिबिसीले जनाएको छ ।
५८ वर्षीय उनको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
डु वे गत फेब्रुअरीमा इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए । उनले यसअघि युक्रेननका लागि चिनियाँ राजदूतका रुपमा काम गरेका थिए ।
