कोरोनाबाट बाँकेमा एकको मृत्यु

सदरलाइन संवाददाता ६ कार्तिक २०७८, शनिबार १४:२५
 

नेपालगञ्ज : बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा जोशीपुर गाउँपालिका ७ कैलालीका ४९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

असोज २६ गतेकोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई असोज २८ गते थप उपचारका लागि भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियो ।


स्वास्थ्यमा सुधार नआउँदा उनको शुक्रवार राती साढे ११ बजे मृत्यु भएको हो । योसँगै हालसम्म जिल्ला बाहिरबाट उपचारका लागि आएका ४२७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विरुवा रोपेर भु–क्षय जोगाउनु पर्छ : मन्त्री हमाल

६ कार्तिक २०७८, शनिबार १४:२५
नेपालगञ्ज : लुम्बिनी प्रदेशका बन, वातावरण तथा भु–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले सुख्खा ठाउँमा विरुवा रोपेर भु–क्षयलाई जोगाउने बताएका छन् । प्रेस युनियन बाँकेले शनिवार नेपालगञ्जमा गरेको बधाइ तथा भेटघाट कार्यक्रमा उनले वन जंगलको संरक्षणमा जोड दिए । पत्रकारहरुले समस्या र समाधानको बाटो आफुलाई जानकारी गराउन आग्रह गर्दै मन्त्री हमालले […]