हत्यारा सार्वजनिक हुने मुख्यमन्त्रीको प्रतिवद्धतापछि कैलाली बन्द फिर्ता

४ मंसिर २०७५, मंगलवार १७:३१
 
फायल तस्बिर

सदरलाइनडटकम,
कैलाली : धनगढी उपमहानगरपालिका ५ का विजय थापाको हत्याराले सजाय पाउने मुख्यमन्त्री त्रिलोचन भट्टले दाबी गरेका छन् । मुख्यमन्त्री कार्यालयमा मंगलवार ज्ञापनपत्र बुझाउन गएका विजय थापा न्यायिक संघर्ष समितिका पदाधिकारीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रहरी प्रशासन घटनाको अनुसन्धान गरिरहेकोे र चाँडै अपराधी सार्वजनिक गरिने बताए ।
अनुसन्धानमा केही समय लागेपनि पीडित पक्षलाई चित्तबुझ्दो रिपोर्ट आउने बताउँदै उनले वास्तविक दोषी उम्कन नपाउने प्रतिवद्धता जनाए । योसँगै धनगढी उत्तरबेहडीका युवक विजय थापाको हत्यारा सार्वजनिक गर्न माग गर्दै गरिएको बन्द मंगलवार साँझदेखि फिर्ता भएको छ ।
मुख्यमन्त्रीकोे प्रतिक्रियापछि एक हप्तासम्मका लागि आम हड्तालका कार्यक्रम बन्द गरिएको न्यायिक संघर्ष समितिले जनाएको छ । सहमति भएसँगै बुधवार बिहान ९ बजे मोहना घाटमा मृतक थापाको दाहसंस्कार गरिने भएको छ ।
शुक्रबार राति ९ बजे धनगढी उपमहानगरपालिका ४ प्रदेश प्रमुखको कार्यालय नजिकै स्थानीय युवक थापाको हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न भएको शंकामा विजयका साथी आशिष सेट्टीलाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।

Next Post

बुधवार नेपालगञ्जमा सहकारी युवा सम्मेलन हुने

४ मंसिर २०७५, मंगलवार १७:३१
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा बुधवार सहकारी युवा सम्मेलन हुने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडले आयोजना गर्ने सम्मेलनमा प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका गरी २१ जिल्लाका २५५ बचत तथा ऋण सहकारी संस्थाबाट १४३ पुरुष र ११२ युवा महिलाको सहभागिता रहने मंगलवार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी […]