बाँकेमा थपिए ४२ जना कोरोना संक्रमित

२२ जेष्ठ २०७७, बिहीबार १६:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरमा ३ सय ३४ जना नयाँ कोरोनाका संक्रमित भेटिएका छन् ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेको जानकी गाउँपालिका वडा नं. १ का ४० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै नेपालगञ्ज वडा नं. १२ र १५ मा एकएक जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । यस्तै कोरोनाबाट १० जनाको मृत्यु भएको छ भने २ सय ९० जना निको भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Next Post

भारतबाट फर्किनेलाई लक्षित गरी जमुनाहमा ‘हल्टेज स्पेस’ स्थापनासँगै तयारी खाना र मनोसामाजिक विमर्श सुरु

२२ जेष्ठ २०७७, बिहीबार १६:५२
सदरलाइन / रुद्र सुवेदी, नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमण कहरको कारण आव्हान गरिएको लकडाउनको प्रभाव सीमा क्षेत्रमा परेको छ । भारतका विभिन्न ठाँउबाट नेपाल फर्किनेहरुलाई लक्षित गरी नेपालगञ्जको जमुनाह नाकामा हल्टेज स्पेसको स्थापना गरी सुरक्षा सर्तकता, मनोसामाजिक विमर्श तथा तयारी खाना वितरण गरी सम्बन्धित गन्तब्यमा पठाउन सुरु गरिएको […]

ताजा अपडेट