अन्तर्राष्ट्रिय महिला दिवसमा ब्यानर एक, फोटो अनेक (फोटो फीचर)

२४ फाल्गुन २०७४, बिहीबार १८:५७
 

सदरलाइनडटकम
२४ फागुन, नेपालगन्ज :  १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस देशभरका साथै बाँकेमा पनि बिहीबार धुमधामका साथ मनाइयो । एका बिहानै सडकमा महिला अधिकार रक्षा र समानताका नारा लेखिएका प्लेकार्ड बोकेर महिलाहरुले आफ्ना अधिकार माग गर्दै नारा जुलुश गरे । महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका साथै शैक्षिक संस्थाहरुले समेत ¥याली निकालेर सभा सम्मेलन गर्दै महिला दिवस मनाए ।
सँधै झै यसपटक पनि महिला अधिकार र समानताको नारा सहित व्यानरहरु राखिएपनि दिवस मनाउने तरिका भने फेरिएको देखियो । वास्तविक रुपमा पीडा सम्बोधनका लागि माग गर्ने भन्दा पनि देखावटी रुपमा ब्यानरका साथमा घुमेर तस्वीर लिँदै फेसबुकमा पोष्ट गर्दे महिलाहरुले दिवस मनाएका छन् । अधिकारका लागि आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र कुरा सुन्ने भन्दा पनि महिलाहरुले तस्वीर खिचाउनकै लागि सहभागी भएको आभास भएको थियो ।
आफुपनि कार्यक्रममा सहभागी भएको तस्वीर सामाजिक सञ्जालमा देखाउन हतार भएका कतिपय महिलाहरुले तस्वीर खिचाउँदै कार्यक्रम र ¥यालीबाट नै बाहिरीएका थिए । गाउँमा दिवसको महत्व र अधिकारका विषयमा जानकार समेत नभएका महिलाहरुका लागि लड्छौं भनेर नेतृत्व गर्ने शहरका महिलाहरुको देखावटी सहभागीताले साँच्चै अधिकारको प्राप्तीको बाटो डाइभर्ट भएको जस्तो देखिन्थ्यो ।

फोटो : रुद्र सुवेदी / सपना विष्ट


   

 

Next Post

धुमधामका साथ १०८ औं अन्तराष्ट्रिय महिला दिवस मनाईयो

२४ फाल्गुन २०७४, बिहीबार १८:५७
सदरलाइनडटकम २४ फागुन, नेपालगन्ज : १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस बाँकेमा पनि बिहीबार धुमधामका साथ मनाइएको छ । महिला तथा बालबालिका कार्यालयको संयोजनमा बिहीबार बिहान गणेशमान चोकबाट वृहत प्रभातफेरी तथा कोण सभा गरिएको छ । गणेशमान चोकदेखि जैसपुर चोकसम्म वाजागाजा र सचेतनामुलक नारासहित प्रभातफेरी गरि कोणसभा गरिएको थियो । प्रभातफेरीमा […]