खजुरा गाउँपालिकाद्वारा न्यानो कपडा वितरण

सदरलाइन संवाददाता ७ माघ २०७९, शनिबार १२:२८
 

नेपालगञ्ज : खजुरा गाउँपालिकाले विपन्न वर्गहरुलाई न्यानो कपडा (कम्बल) वितरण गरेको छ । खजुरा गाउँपालिका वडा नं ४ को आयोजनामा ५० जना स्थानिय विपन्नलाई न्यानो कम्बल वितरण गरेको हो ।

कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले अत्यादिक जाडोका कारण कष्टकर जीवन विताइ रहेका र एउटा कम्बल समेत खरिद गर्न नसक्ने परिवालाईसानो सहयोग मात्र गरेको बताए ।

हालसम्म वडा नं ३ र ८ बाहेक अन्य सम्मपूर्ण वडाहरुमा वितरण कार्यक्रम सम्पन्न भइसकेको विकले जानकारी गराए । वृद्धहरुको स्वास्थ्यलाई ध्यानमा राखि खजुरा गाउँपालिकाले जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको समेत अध्यक्ष विकले बताए ।


उनले खजुरा गाँउपालिकाका स्थानिय वासीको जिम्मेवारी वहन गर्न कृषि तथा पशु, सामाजिक सुरक्षा, शिक्षामा थप नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

त्यसै गरी कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले पालिका तहबाट आफ्ना जनताकालागि गरिएको सानो प्रयासलाई आत्मसाथ गर्न अनुरोध गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवामा पनि देखियो दादुरा, आठ जना संक्रमित फेला

७ माघ २०७९, शनिबार १२:२८
नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकाका आठ जना बालबालिकामा दादुरा संक्रमण देखिएको छ । पालिकाको वडा नं. १ मा दादुरा संक्रमण देखिएको हो । योसँगै जिल्लका पाँच वटा पालिकामा दादुरा संक्रमण देखा परेको छ । डुडुवामा दादुरा संक्रमण देखा परेपछि शनिवारदेखि त्यहाँ खोप अभियान सञ्चालन गरिएको छ । वडा नं. १ […]