नेपालगञ्ज : प्रहरीले बाँकेमा ८० हजार बराबरको अवैध सामान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय जयसपुर बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त अवैध सामान बरामद गरेको हो ।
अन्दाजी मुल्य ८० हजार बराबरको चिनी १ क्विन्टल र लेडिज कुर्ता सुरुवाल–९० थान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।
बरामद गरिएका सबै सामानहरु आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।