बुद्धिजिवि परिषदको क्षेत्रीय अध्यक्षमा ई. लामिछाने

१३ जेष्ठ २०७४, शनिबार १६:२०
 

सदरलाइनडटकम 
१३ जेठ, नेपालगन्ज : एमाले निकट बुद्धिजिवी परिषद बाँके निर्वाचन क्षेत्र नं. ४ मा ईञ्जिनियर बिबेक लामिछानेको अध्यक्षतामा ९ सदस्य पदाधिकारी रहने गरि कमिटी निर्माण गरिएको छ ।
एमाले केन्द्रीय प्रचार विभाग सदस्य तथा जिल्ला कमिटी सदस्य एबं बुद्धिजिवि फाँटका ईन्चार्ज डिल्ली बिसीले दिएको जनाकारी अनुसार परिषदको उपाध्यक्षमा पदमबहादुर खत्री, सचिवमा राजु पौडेल, उप–सचिवमा शरण सापकोटा, कोषध्यक्षमा शिशिर सापकोटा, सदस्यहरुमा लक्ष्मी शाह, गगन खड्का र रविन शर्मा चयन भएका छन् ।
सो कार्यक्रममा परिषदका जिल्ला अध्यक्ष भुवनेश्वर लामिछाने, रत्न आरसी लगायतका नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जिल्ला अध्यक्ष लामिछानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.

Next Post

राष्ट्रिय मानवअधिकार आयोगको १७ औं वार्षिक उत्सव सिफारिस कार्यान्वयनमा जोड

१३ जेष्ठ २०७४, शनिबार १६:२०
सदरलाइनडटकम     १३ जेठ, नेपालगन्ज : मानव अधिकारको प्रत्याभूतिका लागि सबैले सबैको सम्मान गर्न सिक्नु पर्ने नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन । राष्ट्रिय मानवअधिकार आयोगको १७ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका मुख्य न्यायधिश बिष्णुदत्त पौडेलले आफुले गर्दै आएको कामले अरुको […]