नेपालगन्ज गोल्डकपको तयारी सकियो

२० जेष्ठ २०७५, आईतवार २०:१६
 

सदरलाइनडटकम
२० जेठ, नेपालगन्ज  : बाँके जिल्ला फुटबल संघको आयोजनामा खजुराको डी गाउँमा सोमबारदेखि आयोजना टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकपको तयारी सकिएको छ ।
नेपाल राष्ट्रिय आदर्श निमावि, डीगाउँको खेल मैदान मै पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगितामा ६ वटा टीमको सहभागिता रहने जानकारी गराए ।
नेपालगन्ज–११, सशस्त्र प्रहरी बल, लाल रुपन्देही–११, सुदूरपश्चिम–११, सरस्वती क्लव र सिएमजी संकटा क्लवले तेस्रो नेपालगन्ज गोल्डकपमा सहभागिता जनाउदै छन् । प्रतियोगिताको उद्घाटन खेल नेपालगन्ज–११ र सशस्त्र प्रहरी बलका बीचमा हुने शाहीले बताए ।
वडाध्यक्ष एवं न्यू डाँफे क्लवका अध्यक्ष तीलकबीर सुनारले रातदिन खटेर मैदानलाई राम्रो बनाएको बताए । ‘खजुरा फुटबलको हव हो । हामी आफैले पनि ठूल्ठूला प्रतियोगिता गराइ सकेका छौं । यो गोल्डकपमा नेपालगञ्जमा भन्दा बढी दर्शक आउँछन्, सुनारले भने ।
प्रतियोगिताको उद्घाटन नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले गर्नेे छन् । एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले सिनियर र जुनियर खेलाडी मिलाएर टोली ल्याएको बताए । एपीएफको धेरै सिनियर टोली नुवाकोटमा जारी गोल्डकप खेलिरहेका छन् । ‘खेलाडीहरु मिलाएर ल्याएका छौं, श्रेष्ठले भने, हामी अगाडि जान सक्छौं ।’
नेपालगन्ज–११ ले पनि ए डिभिजन खेलेका खेलाडीहरु ल्याएको छ । व्यवस्थापक गान्धी हमालले मनाङबाट खेल्ने केही खेलाडी ल्याएको बताए । ‘टोली टीम बनाउने कोसिस गरेका छौं । पहिलो र दोस्रो भन्दा यसपाली आशा पनि धेरै गरेका छौं, व्यवस्थापक हमालले भने, अन्तिमसम्म पुग्ने लक्ष्य छ ।’ प्रतियोगिताको उद्घाटन सोमबार चार बजे हुनेछ । 


फोटोहरु ः

Next Post

५ नं. प्रदेशस्तरीय दशौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बाँके भयो प्रथम

२० जेष्ठ २०७५, आईतवार २०:१६
सदरलाइनडटकम  २० जेठ, नेपालगन्ज, : नेपालगन्जमा जारी ५ नं. प्रदेश स्तरीय दशौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बाँकेले आफ्नो बर्चश्व कायम राखेको छ । गत शनिवारदेखि सुरु भएको सो प्रतियोगितामा बाँकेले १३ स्वर्ण, ६ रजत र १० काश्य पदक जित्दै प्रथम भएको छ । यसैगरी बर्दियाले १० स्वर्ण, ९ रजत र […]