बाँकेमा दादुराबाट १९ वडा प्रभावित, २०९ जना संक्रमित

सदरलाइन संवाददाता ४ माघ २०७९, बुधबार १२:५१
 

नेपालगञ्ज : बाँकेमा दादुराबाट १९ वटा वडा प्रभावित भएका छन् । पुस १२ गतेदेखि देखिएको दादुराबाट हालसम्म २०९ जना संक्रमित भएका छन् ।

१५ वटा वडा प्रभावित भएको नेपालगञ्जमा १९१, एउटा वडा मात्र प्रभावित भएको नरैनापुरमा १३ जना, २ वटा वडा प्रभावित भएको कोहलपुरमा २ जना र एउटा मात्र वडा प्रभावित भएको खजुरामा ३ जनालाई दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


यी मध्ये हालसम्म १५० जना निको भइसकेका छन् । ५८ जना घरमै उपचाररत छन् भने एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालगञ्ज र खजुराका ३७०१६ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ । नेपालगञ्जका ३१०४२ र खजुराका ५९७४ जना बालबालिकालाई खोप लगाइएको श्रेष्ठले जानकारी दिए ।

पुस २२ गतेदेखि अभियानकै रुपमा खोप लगाउने कार्यलाई निरन्तरता दिइएको छ । ६ महिनादेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप लगाइँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भैरहवास्थित बाल सुधारगृहमा पूर्वाधार अभाव

४ माघ २०७९, बुधबार १२:५१
भैरहवा : भैरहवास्थित बाल सुधारगृहमा भौतिक पूर्वाधारको अभावका कारण व्यवस्थापनमा समस्या भएको छ । सुरक्षाकर्मीका लागि बनेको भवनमा बालकहरू राख्नुपर्दा विभिन्न किसिमको समस्या देखिने गरेको बाल सुधारगृहका प्रमुख सुभद्रा गौतमले बताइन् । यसअघि एक तलामा मात्र विभिन्न मुद्दाका बालकहरू राखिँदै आएकोमा क्षमताभन्दा बढी बालक आउन थालेपछि भुइँ तलाको थप दुईवटा […]

सम्बन्धित