जमुनाहा नाकामा पाँच जनामा कोरोना देखियो

सदरलाइन संवाददाता १५ बैशाख २०८०, शुक्रबार १६:२२
 

नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकामा शुक्रवार पाँच जनामा कोरोना पुष्टि भएको छ । भारतको विभिन्न ठाउँबाट आएका पाँच जना नेपालीमा कोरोना देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए ।

नाकामा १ सय ५४ जनाको परीक्षण गर्दा जाजरकोट, जुम्ला, कालीकोट, कैलाली र सल्यानका एकएक जनामा कोरोना देखिएको हो ।


कोरोना देखिएकाहरु आ–आफ्नो घरतर्फ लागेका छन् । केही दिनयता नेपालगञ्जको भेरी अस्पतालमा विरामी आएका छन् । भेरीको ल्याबले पनि कोरोना पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैतडीमा काका द्वारा भतिजी बलात्कृत

१५ बैशाख २०८०, शुक्रबार १६:२२
नेपालगञ्ज : बैतडीमा भतिजीलाइ करणी गरेको आरोपमा काका पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिकाका २२ वर्षीय युवक पक्राउ परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरीले बताए । ती युवकलाई १५ वर्षीया किशोरी करणीको आरोपमा पक्राउ गरिएको हो । गत पुस १५ गते करणीको घटना भए पनि शुरुमा […]