अछामी समाजद्वारा मानव सेवा आश्रमलाई १२ हजार सहयोग

सदरलाइन संवाददाता १५ श्रावण २०८०, सोमबार १५:५९
 

नेपालगञ्ज : अछामी सेवा समाज बाँकेका अध्यक्ष पुष्कर बहादुर खड्काले १२ हजारको चेक हस्तान्तण गरेका छन् । नेपालगञ्ज मानव सेवा आश्रमका संयोजक उर्विन सापकोटालाई खड्काले चेक हस्तान्तरण गरेका हुन् ।

अछामी सेवा समाज बाँकेको १८ ओै स्थापना दिवसका अवसरमा चेक दिएका हुन् । चेक हस्तान्तरणपछि आश्रममा रहेका बृद्धबृद्धा तथा अन्य बालबालिका लगायत ५३ जनालाई एक छाक खिर खुवाउन सहयोग पुग्नेगरी रकम प्रदान गरिएको हो ।


समाजले यस्ता सामाजिक कार्य गर्दै आएको अछामी सेवा समाज बाँकेका अध्यक्ष खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा यस वर्ष मलको अभाव नहुने : कृषि सामग्री

१५ श्रावण २०८०, सोमबार १५:५९
नेपालगञ्ज : हरेक वर्ष मलको अभाव हुँदै आएको बाँके जिल्लामा यस वर्ष मल पर्याप्त मात्रामा मौज्दात रहेकोले अभाव नभएको कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जले जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलका अनुसार बाँकेमा हाल ७० मेट्रिक टन युरिया, २५ मेट्रिक टन डिएपी र ६० मेट्रिक टन […]