नेपाली सेना श्रीनं.४ बाहिनी अड्डा अन्तरगतको २४औ सैन्य आधार तालिमको समापन

सदरलाइन संवाददाता २० पुष २०७९, बुधबार १६:२२
 

नेपालगञ्ज :  नेपाली सेनाको श्रीनं.४ बाहिनी अड्डा ईमामनगर व्यारेक राँझामा सञ्चालन भएको २४औ सैन्य आधार तालिमको समापन भएको छ ।

२०७८ फागुनमा सुरु भएको सो २४औ सैन्य आधार तालिमको एक समारोहका बीचमा समापन भएको हो ।

तालिमको समापन समारोहलाई सम्बोधन गर्दै श्रीनं.४ बाहिनी अड्डा ईमामनगरका बाहिनीपति सहायक रथी उत्तमकुमार विष्टले तालिममा सफलता पूर्वक सहभागि भई नेपाली सेनाको गरिमा कायम राख्दै कार्य क्षेत्रमा अब्बल बन्न शुकामना दिए । उनले तलिममा सिकेको ज्ञान सीपको अधिकतम प्रयोग गरी दक्षता हासिल गर्दै सेनाको गरिमा उच्च राख्न निर्देशन दिए ।


९ महिनासम्म सञचालनमा रहेको सो तालिममा ९६ जना सहभागि रहेका थिए । तालिम समापनको अवसरमा विभिन्न विधामा उत्कृष्ठ भएका ७ जनालाई पुरस्कृत गरिएको थियो ।

यसरी पुरस्कृत हुनेहरुमा सर्वोकृष्ठ सैन्य मानबहादुर मगर, ५ किलोमिटर दौड मुकेश कुमार शाही, अफट्याकल सागर चौधरी, फायरिङ्ग रोशन तामाङ्ग, मयाप रिडिङ्ग विशाल विष्ट, ड्रिल अमित विष्ट र अनुशासनमा अर्जुन टमटाले पुरस्कार प्राप्त गरेका थिए । उनीहरुलाई श्री नं.४ बाहिनी अड्डा ईमामनगर व्यारेकका बाहिनी पति विष्टले पुरस्कृत गरेका थिए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बज्रदल गणका गणपति श्याम आत्रेय पौडेल, सशस्त्र प्रहरी ३० नं. गणका गणपति जनक बस्नेत, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा फैलिएको दादुराका कारण एक बालकको मृत्यु

२० पुष २०७९, बुधबार १६:२२
नेपालगञ्ज :  नेपालगञ्जमा माहामारिको रुपमा फैलिएको दादुराका कारण एक बालकको ज्यान गएको छ । नेपालगञ्ज–५ का २ वर्ष ५ महिनाको एक बालक उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको बताईएको छ । नेपालगञ्ज उपमहानगपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार बिरामी बालकमा दादुराको चिन्ह लक्षण देखिएको थियो । […]