नेपालगञ्जमा फैलिएको दादुराका कारण एक बालकको मृत्यु

रुद्र सुवेदी २० पुष २०७९, बुधबार १९:१४
 

नेपालगञ्ज :  नेपालगञ्जमा माहामारिको रुपमा फैलिएको दादुराका कारण एक बालकको ज्यान गएको छ । नेपालगञ्ज–५ का २ वर्ष ५ महिनाको एक बालक उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको बताईएको छ ।

नेपालगञ्ज उपमहानगपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार बिरामी बालकमा दादुराको चिन्ह लक्षण देखिएको थियो । उनले भने–‘बिरामी बालकलाई ज्वोरो आउने लगायत दादुराको लक्षण देखिएको अवस्थामा उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको परिवारले जानकारी गराएको छ । हामीले मृत्यु भएको बालकले खोप लगाए नलगाएको समेत खोजिनीति गर्दै छौ ।’


सन २०२३ मा दादुरा उन्मुलनको घोषणा गर्ने तयारी रहेकै बेलामा नेपालगञ्जमा एकाएक दादुरा संक्रमण देखिएको हो । नेपालगञ्ज उपमहानगरका विभिन्न वडाहरुमा दादुराको संक्रमण देखिएको छ ।

नेपालगञ्जमा खोपको मात्रा पुरा नगर्दा हात्तिपाईले विगत ११ वर्षदेखि निरन्तर अभियान सञ्चालन रहेकै बलामा दादुराको पनि खोप पुरा नभएको कारणले गर्दा महामारीको रुपमा फैलिएको हो । नेपालगञ्जमा दादुराबाट दुईदर्जन बढी संक्रमित भएको र यो भन्दा बढी पनि हुनसक्ने आँकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा ‘दादुरा महामारी’, जाँच–पड़ताल शुरु

२० पुष २०७९, बुधबार १९:१४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा दादुराको महामारी फैलिएको छ । तीन दिनको अवधिमा २५ जना बालबालिकामा दादुरा देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । नेपालगञ्जमा गत पुष १८ गते एकै परिवारका ४ जना बालबालिकामा दादुरा पुष्टि भएको थियो । वडा नम्बर ७ का एकै परिवारका ४ जना बालबालिकामा […]