बाँकेमा स्वास्थ्यकर्मीसहित चार जना सम्मानित

सदरलाइन संवाददाता १९ पुष २०७९, मंगलवार १३:२८
 

नेपालगञ्ज : जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले चार जनालाई सम्मान गरेको छ ।

कोभिड महामारी रोकथाम, नियन्त्रण तथा खोप तथा सूचना व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै स्वास्थ्यकर्मीसहित चार जनालाई सम्मानित गरिएको बाँकेका सिडिओ सूर्यबहादुर खत्रीले जानकारी दिए ।


सम्मानित हुनेहरुमा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत राम कुमार सोनकर, स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठ, विपद व्यवस्थापन समितिका सूचना अधिकारी रुपन ज्ञवाली र डिसिएमसीका फोकल पर्सन तेज वली रहेका छन् ।

वली र ज्ञवालीले कोभिड महामारीमा सूचना व्यवस्थापन, श्रेष्ठले खोप व्यवस्थापन र सोनकरले आइसोलेसन व्यवस्थापनमा भूमिका निर्वाह गरेको भन्दै समितिले उनहरुलाई सम्मानित गरेको सिडिओ खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा एकै घरका चार जनामा देखियो दादुरा

१९ पुष २०७९, मंगलवार १३:२८
नेपालगञ्ज : नेपालगञ्जमा दादुरा देखा परेको छ । नेपालगञ्जको फुल्टेक्रामा एकै घरका चार जना बालबालिकामा दादुरा देखिएको हो । ५ देखि १२ वर्षभित्रका तीन बालिका र एक बालमा दादुरा पुष्टि भएको हो । त्यहाँ अरु १७ जना शंकास्पद रहेको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए । लामो समयपछि […]