घरमै बसेर नमाज पढ्न सांसद तथा पूर्वमन्त्री राईको आग्रह

३० चैत्र २०७६, आईतवार १९:२०
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  कोबिड–१९ नोल कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि सरकारद्वारा आव्हान गरिएको लकडाउनलाई पालन गर्नको लागि आग्रह गर्दै पूर्व मन्त्री तथा बाँके निर्बाचन क्षेत्र न.२ का संघिय सांसद मोहमद इस्तियाक राईले घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् ।

उनले आईतबार एक विज्ञप्ती जारी गर्दै कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि लकडाउन आव्हान गरिएको अवस्थामा समुदायका व्यक्तिहरु अझै पनि कतिपय मस्जिदमा नमाज पढ्नका लागि धेरै संख्यामा मानिस उपस्थित हुने, सामाजिक दूरी कायम नराख्नेलगायत अन्य सावधानीका उपायहरू नअपनाउने गरेको देखिएको, सुनिएको बताउँदै चिन्ता व्यक्त गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तीमा कोरोना भाइरसविरुद्धको लडाइँ जित्न भौतिक रूपमा सामाजिक दूरी कायम राख्दै समाजमा एकता प्रस्तुत गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता भएको बताउँदै उनले अहिले पनि मस्जिदमा गएर नमाज पढ्दै आइरहेका सम्पूर्ण मुस्लिम दाजुभाइलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् ।


कोरोना भाइरसको महामारीसँग लड्न तत्कालका लागि लकडाउनको पालना गर्दै सामाजिक दूरी कायम राख्नु नै निर्विकल्प उपाय भएको उनले बताएका छन् ।

राईल विज्ञप्ति निकालेर भनेका छन, ’नमाज पढ्दै आएको मस्जिदमा कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवधिमा कोही विदेशी नागरिक आएर आश्रय लिइरहेको भए उहाँहरूलाई सम्बन्धित पालिकामार्फत अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनेतर्फ केन्द्रित हुन पनि हार्दिक अपिल गर्दछु । साथै कोरोना भाइरस संक्रमणको जोखिममा रहेका व्यक्तिहरूको सम्पर्कमा आएकाहरूलाई पनि क्वारेन्टाइनमा बसिदिनुहुन अनुरोध गर्दछु ।’

Next Post

कोहलपुर डेरी एशोसियसनद्वारा क्वारेन्टाईनमा बसेकालाई खिर

३० चैत्र २०७६, आईतवार १९:२०
सदरलाइनडटकम, कोहलपुर (बाँके) :  कोबिड –१९ नोबल कोरना भाईरसको सक्रमणबाट जोगाउन कोहलपुर नगरपालिकाद्वारा वडानं. १४ को हवल्दारपुरमा सञ्चालनमा रहेको क्वारेन्टाईनमा बस्दै आएका ६७ भारतीय नागरिकलाई शनिबार खिर खुवाईएको छ । कोहलपुर डेरी एशोशियसनले क्वारेन्टाईनमा बसेका उनीहरुलाई खिर खुवाएको हो । दुग्ध विकास संस्थान पिपिरीको सहयोग तथा कोहलपुर डेरी एशोशियसनको ब्यवस्थापनमा […]