दुर्घटना हुँदा नेपालगञ्जमा एकको मृत्यु, एक घाइते

सदरलाइन संवाददाता २९ माघ २०७७, बिहीबार १६:०५
 

नेपालगञ्ज : नेपालगञ्जमा बिहीवार एकाबिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

वीपीचोक नजिकै भे १ ख २९८४ नम्बरको मिनिबस र भे ४ प ८१८९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार साईगाउँका असगर अलि राइनको मृत्यु भएको प्रहरीले बताएको छ ।


मोटरसाइकलमा सवार भारतका सलमान राइन घाइते भएका छन् । उनको मेडिकल कलेज, नेपालगञ्जमा उपचार भइरहेको छ । कुखुरा बोकेर आएको मोटरसाइकल र मिनिबस विहान पौने ६ बजे दुर्घटनामा परेको हो ।

Next Post

बाटिका आर्ट ग्यालरी सञ्चालन

२९ माघ २०७७, बिहीबार १६:०५
नेपालगञ्ज : नेपालगञ्जमा बिहीवारदेखि बाटिका आर्ट ग्यालरी सञ्चालनमा आएको छ । आर्ट ग्यालरीको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा र होटल बाटिकाका प्रबन्ध निर्देशक शिवाङ्गिनी राणाले संयुक्तरुपमा उद्घाटन गरे । होटल बाटिकामै आर्ट ग्लालरी सञ्चालनमा ल्याइएको हो । कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आर्ट ग्यालरी सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक […]