नेपालगञ्जमा मंगलवार पनि जक्काजाम

सदरलाइन संवाददाता १९ पुष २०७९, मंगलवार १३:२२
 

नेपालगञ्ज : नेपालगञ्जमा मंगलवार पनि सडक अवरुद्ध पारिएको छ । ट्रकको ठक्करबाट एक साइकलयात्री विद्यार्थीको ज्यान गएको घटनालाई लिएर पीडित पक्षले मंगलवार पनि सडक अवरुद्ध पारेका हुन् ।

नेपालगञ्जको धम्बोझी, कारकाँदो र राँझा लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज–कोहलपुर सडकखण्ड अबरुद्ध भएको छ । सोमवार पनि दिनभर सडक अबरुद्ध पारिएको थियो ।


घटनाका दोषीलाई कडा कारवाहीको माग राख्दै चक्काजाम गरिएको हो । दैलेख घर भई नेपालगञ्जमा अध्ययन गरिहेका १८ बर्षीय तेजन थापा मगरलाई गत शनिवार ना ७ ख १७ नम्बरको ट्रकले न्यूरोडस्थित भानुभक्त चोकमा ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा स्वास्थ्यकर्मीसहित चार जना सम्मानित

१९ पुष २०७९, मंगलवार १३:२२
नेपालगञ्ज : जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले चार जनालाई सम्मान गरेको छ । कोभिड महामारी रोकथाम, नियन्त्रण तथा खोप तथा सूचना व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै स्वास्थ्यकर्मीसहित चार जनालाई सम्मानित गरिएको बाँकेका सिडिओ सूर्यबहादुर खत्रीले जानकारी दिए । सम्मानित हुनेहरुमा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत राम कुमार सोनकर, […]