अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने कोइराला प्रहरीको फन्दामा

सदरलाइन संवाददाता ११ कार्तिक २०८०, शनिबार १३:१४
 

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एक जनालाई पक्राउ गरेको छ ।

चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–२० बस्ने मोहन कोइरालालाई बाँके प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार विगत केही समयदेखि एक जना व्यक्तिले बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थामा पुगेर आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठग्ने र लाभ लिने गरेको सूचनाका आधारमा निजलाई पक्राउ गरिएको बताए ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले निगरानी एवं खोजतलास गरी कोइरालालाई पक्राउ गरेको हो ।

प्रवक्ता डाँगीले निज कोइरालालाई हाल हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जानकारी दिँदै उनीबाट कोही व्यक्ति ठगिएको भए जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिन अनुरोध गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज राती खण्डग्रास चन्द्रग्रहण लाग्दै

११ कार्तिक २०८०, शनिबार १३:१४
नेपालगञ्ज : आश्विन शुक्ल पूर्णिमा आज (शनिवार) खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक अपराह्न ४ः१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने […]