चिसो ह्वात्तै बढ्यो, नेपालगञ्जको जनजीवन कष्टकर

सदरलाइन संवाददाता १९ पुष २०७९, मंगलवार १३:१६
 

नेपालगञ्ज : बाँकेलगायत आसपासका जिल्लामा मंगलवार चिसो ह्वात्तै बढेको छ । दिनदिनै बढ्दै गएको चिसोले अप्ठ्यारो बनाएको जनजीवनमा बाक्लो कुहिरो र हुस्सुले झन कष्ट थपेको छ । मौसम नखुल्दा जाडो बढिरहेको छ । भिजिबिलिटी घटिरहेको छ ।

चिसो बढेसँगै अस्पतालहरुमा रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढेका छन् । भेरी अस्पताल नेपालगञ्जमा विरामीको चाप बढेको फिजिसियन एवम् अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताए । भिजिविलिटी घट्दा राँझा विमानस्थलबाट हुने उडानहरु अनियमिति भइरहेका छन् । बाक्लो कुहिरो लागेको समयमा त उडान अवतरण हुन सकेको छैन ।


चिसोले निम्न वर्गका परिवार, बालबालिका, दीर्घ रोगी, मजदुर, ज्येष्ठ नागरिक लगायतलाई अत्यधिक समस्या भएको छ । चिसोबाट जोगिनका लागि मान्छेहरू सडक छेउछाउ, घर लगायत विभिन्न ठाउँमा आगो तापिरहेका देखिन्छन् । घाम नलाग्दा दिनहुँ तापक्रम घट्दै गएको छ । मध्यान्हमा समेत नेपालगञ्जको तापक्रम १३ डिग्री सेल्सियस छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा मंगलवार पनि जक्काजाम

१९ पुष २०७९, मंगलवार १३:१६
नेपालगञ्ज : नेपालगञ्जमा मंगलवार पनि सडक अवरुद्ध पारिएको छ । ट्रकको ठक्करबाट एक साइकलयात्री विद्यार्थीको ज्यान गएको घटनालाई लिएर पीडित पक्षले मंगलवार पनि सडक अवरुद्ध पारेका हुन् । नेपालगञ्जको धम्बोझी, कारकाँदो र राँझा लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज–कोहलपुर सडकखण्ड अबरुद्ध भएको छ । सोमवार पनि दिनभर सडक अबरुद्ध पारिएको थियो […]