नेपालगञ्जमा चक्का जाम

सदरलाइन संवाददाता १८ पुष २०७९, सोमबार १४:१९
 

नेपालगञ्ज : नेपालगञ्जमा सडक अवरुद्ध पारिएको छ । ट्रकको ठक्करबाट एक साइकलयात्री विद्यार्थीको ज्यान गएको घटनालाई लिएर पीडित पक्षले सडक अवरुद्ध पारेका हुन् । नेपालगञ्जको कारकाँदो, धम्बोझी लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज कोहलपुर सडकखण्ड अबरुद्ध भएको छ ।


घटनाका दोषीलाई कडा कारवाहीको माग राख्दै चक्काजाम गरिएको हो । दैलेख घर भई हाल नेपालगञ्जमा अध्ययन गरिहेका १८ बर्षीय तेजन थापा मगरलाई गत शनिवार ना ७ ख १७ नम्बरको ट्रकले न्यूरोडस्थित भानुभक्त चोकमा ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिसो ह्वात्तै बढ्यो, नेपालगञ्जको जनजीवन कष्टकर

१८ पुष २०७९, सोमबार १४:१९
नेपालगञ्ज : बाँकेलगायत आसपासका जिल्लामा मंगलवार चिसो ह्वात्तै बढेको छ । दिनदिनै बढ्दै गएको चिसोले अप्ठ्यारो बनाएको जनजीवनमा बाक्लो कुहिरो र हुस्सुले झन कष्ट थपेको छ । मौसम नखुल्दा जाडो बढिरहेको छ । भिजिबिलिटी घटिरहेको छ । चिसो बढेसँगै अस्पतालहरुमा रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढेका छन् । भेरी अस्पताल नेपालगञ्जमा […]

सम्बन्धित