कानुनी अडचनका कारण जडीबुटीको निर्यात घट्यो

सदरलाइन संवाददाता १२ श्रावण २०८०, शुक्रबार १६:००
 

नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट तेस्रो मुलुकमा हुने जडीबुटीको निर्यात करिब ६० प्रतिशतले घटेको छ । जडीबुटी व्यवसायी सङ्घ केन्द्रीय कार्यालय नेपालगञ्जका अनुसार नेपाल र भारत दुबैतर्फ हुने झन्झटिलो प्रक्रिया र विभिन्न कानुनी अड्चनका कारण जडीबुटी निर्यातमा झमेला हुने गरेको छ ।

सङ्घको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८–७९ मा तीन लाख ९३ हजार ७१४ किलोग्राम जडीबुटी भारततर्फ निकासी भएको थियो । तर गत आर्थिक वर्ष २०७९–८० मा एकलाख ४० हजार ८७३ किलोग्राम जडीबुटी मात्रै भारततर्फ निकासी भएको छ ।

नेपालगञ्जबाट मेञ्चा, बोझो तेल, नागबेली धुलो, धूपी तेल, कडिपत्ता तेल, सेतकचिनी, सुगन्ध कोकिला तेल, सुनपाती तेल, सिस्नुजरा, टिमुर तेल लगायतका जडिबुटी तेश्रो मुलुक निर्यात भएको सङ्घको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी अजय जायसवालले जानकारी दिए । निर्यात हुनेमा सबैभन्दा बढी सेतकचिनी एकलाख ३९ हजार ५०० किलोग्राम रहेको छ ।


सङ्घले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८–७९ मा ४४ लाख २० हजार २२८ किलोग्राम जडीबुटी भारत निकासी भएकोमा आर्थिक वर्ष २०७९–८० मा ४४ लाख ७७ हजार ८१७ किलोग्राम जडीबुटी भारत निकासी भएको छ । जडिबुटी व्यवसायी सङ्घका केन्द्रीय सदस्य हफिजुल रहमानले जडिबुटीको कारोबार नेपालका लागि फाइदाजनक भए पनि विभिन्न झन्झटिलो प्रक्रियाले समस्या भइरहेको बताए ।

रहमानले भने, “अहिले नेपालगञ्जभन्दा सहज भएपछि धेरै व्यवसायी भैरहवा जानुपर्ने बाध्यता छ, सरकारले जडीबुटी निर्यातमा सहज वातावरण बनाइदिनुपर्दछ । विभिन्न पहाडी तथा हिमाली जिल्लामा उत्पादन हुने जडीबुटी सङ्कलन गरी भारत तथा तेस्रो मुलुक निर्यात गर्ने गरिएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकल दुर्घटना हुँदा बाँकेमा एक जनाको मृत्यु

१२ श्रावण २०८०, शुक्रबार १६:००
नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । शुक्रवार राती १२ बजेतिर राप्तीसोनारी गाउँपालिका–४ हुलाकी राजमार्ग अन्तर्गत सुर्यलालपुर चोकमा बा ५५ प ५०३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ३० वर्षीय राम थारुको मृत्यु भएको राप्तीसोनारी–४ का वडाध्यक्ष […]

सम्बन्धित