डुडुवा संघर्ष समितिद्वारा राप्ती पुलको सरसफाई

; २२ भाद्र २०७७, सोमबार १४:१९
 

डुडुवा (बाँके) : बाँकेस्थित डुडुवा संघर्ष समितिले सिधनियाँ घाट तथा राप्ती पुलको सरसफाई गरेको छ । सामाजिक कार्यमा सक्रियता बढाउँदै समितिले सोमवार बिहान राप्ती नदीस्थित घाट वरिपरि तथा पुलको सरसफाई गरेको हो ।

नेकपा डुडुवा, जनता समाजवादी पार्टी डुडुवा र संघर्ष समितिको संयुक्त अग्रसरतामा सरसफाई गरिएको डुडुवा–६ का अध्यक्ष एवं समितिका संयोजक मोहनराम मिश्रले जानकारी दिए ।

समितिले नदी छेउमा निर्माण गरिएको स्नान स्थल, चेन्जिङ्ग कोठा तथा मन्दिर वरीपरि रहेको फोहोर र राप्ती पुलमा जम्मा भएको धुलो तथा फोहोरकोे सफाई गरेको छ । राजनीति स्वार्थ नभई समाज हितमा पनि सक्रियता रहने गरी सरसफाई कार्यक्रम गरिएको समितिका प्रेस संयोजक सूर्यलाल यादवले बताए ।


सिधनिया घाटस्थित स्थान घर, धारा, मन्दिरको संरक्षण तथा रेखदेख नभएका कारण जिर्ण बनेको छ । वडा नं. ४ मा पर्ने घाटमा गाउँपालिकाले एक वर्षअघि २०७६ जेष्ठ २१ गते स्नान घरलगायतको संरचना निर्माण गरेको बताइएको छ ।

सरसफाई कार्यक्रममा डुडुवा ३ का अध्यक्ष भण्डारीलाल यादव, नेकपाका नेता शकील खाँ, जसपाका नेता, इलाका प्रहरी कार्यालय र स्थानीय युवाको सहभागिता रहेको थियो ।

Next Post

खजुरामा पाँच दिने निषेधाज्ञा जारी

२२ भाद्र २०७७, सोमबार १४:१९
खजुरा (बाँके) : बाँकेको खजुरा गाँउपालिकामा सोमवारदेखि निषेधाज्ञा लागु गरिएको छ । गृहमन्त्रालयको पत्रानुसार सोमवार राती १२ बजेदेखि भाद्र २७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । खजुरा क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएपछि गाँउपालिकाको अनुरोधमा निषेधाज्ञा जारी गरिएको कुरुम्वाङले सामाजिक […]