नेपालगन्जमा बिद्युत कति अपुग ?

१ जेष्ठ २०७५, मंगलवार १२:५७
 

सदरलाइनडटकम
१ जेष्ठ, नेपालगन्ज :  नेपाल बिद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ्ग अन्त्य भएको घोषणा गरेको छ । तर नेपालगन्जमा भने सोही दिन घण्टैपिच्छे बिद्युत जाने आउने गरेपछि यहा“का सर्वसाधारणहरु वाकक भएका छन् ।
देशकै सबैभन्दा धेरै गर्मी हुने शहर नेपालगन्जमा बिद्यत अनियमित भएपछि सर्बसाधारणहरु मर्कामा परेका छन् । भारतीय प्रशारण लाईनबाट नेपालगन्जमा बिद्युत आउने भएकाले समस्या सिर्जना भएको हो । नेपालगन्जका लागि अहिले २२ मेघावट विद्युत आवश्यक छ । तर भारतबाट ११÷१२ र नेपालको १३२ केभीए राष्ट्रिय प्रशारणलाइनबाट ५ देखि ८ मेघावटमात्र विद्युत आइरहेको छ । नेपालगन्जलाई लोडसेडिङमुक्त गर्न अझै ५ मेघावट विद्युत आवश्यक भएको जानकारी दिदै विद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्रमुख रामदुलार यादवले भने,—‘मागअनुसार विद्युत उपलब्ध नहु“दा आलोपालो प्रर्णालीबाट वितरण गर्नुपरेको छ ।’ लोडसेडिङमुक्त गर्नु अघि नेपालगन्ज वितरण शाखाले यहा“को समस्याबारे विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयलाई लिखितरुपमै जानकारी दिइसकेकोे छ ।
पा“च मेघावट विद्युत राष्ट्रिय प्रशारण लाइनबाट थप भयो भने मात्र नेपालगन्ज लोडसेडिङमुक्त हुने यादवले बताए । खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणले जनाएको छ ।

Next Post

नक्कली महको कारोबार गर्ने प्रहरी नियन्त्रणमा

१ जेष्ठ २०७५, मंगलवार १२:५७
सदरलाइन/रविन्द्र सिंह ठकुरी १ जेठ, कोहलपुर (बाँके) : इलाका प्रहरी कार्यालय कोहलपुरले नक्कली महको कारोबार गर्दै हिड्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट ६ सय २९ लिटर गुणस्तरहीन मह बरामद गरेको जनाएको छ । मंगलबार बिहान १० वजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ९ झण्डहवाबाट अबैध रुपमा […]

सम्बन्धित