नेपाली कांग्रेस लुम्बिनी प्रदेशःसंसदिय दलको नेता छान्न प्रक्रिया सुरु

सदरलाइन संवाददाता १८ पुष २०७९, सोमबार ०९:०६
 

दाङ : नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदिय दलको नेता चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । सकेसम्म सर्वसम्बतको प्रयास थालिए पनि आकांक्षिहरुले नमाने पछि निर्वाचन प्रकृया सुरु गरिएको नेपाली काँग्रेस स्रोतले जनाएको छ ।


सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अन्तरगत आज बिहान ८ बजेदेखि ९ बजेको समय मनोनयन दर्ताको लागि समय दिइएको छ । सहमतिमा दलको नेता चयन गर्ने प्रयास भइरहेको प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिए ।

संदिय दलको नेतामा कांग्रेस नेता डिल्लीबहादुर चौधरी र अब्दुल रज्जाक आकांक्षि छन । दुई जना मध्य एक जनाको नाम सहमतिमा टुंगो लगाउने प्रयास भइरहेको बताइएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा दोस्रो ठूलो दल छ । उसका २७ जना प्रदेश सभा सदस्य छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश सभा पहिलो अधिवेसनको अध्यक्षता जेष्ठ सदस्य डिल्लीराजले गर्ने

१८ पुष २०७९, सोमबार ०९:०६
दाङ : लुम्बिनी प्रदेश सभा पहिलो अधिवेसनको अध्यक्षता गुल्मीबाट प्रदेश सभामा निर्वाचित ६९ बर्षिय डिल्लीराज भुसालले गर्नेभएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले जेष्ठताको आधारमा गुल्मी प्रदेश सभा २(१)बाट निर्वाचित भुसालाई सभामुख र उपसभामुख चयन नभएसम्मको लागि अधिवेसन तथा बैठकको अध्यक्षता गर्न जिम्मेवारी प्रदान गरेका हुन । २०१० साल जेठ […]