नेपालगञ्ज : नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. ८ कार्य समितिको आयोजनामा बिजया दशमी, शुभदिपावली, छठपर्व तथा मोहम्मद डे को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा बक्ताहरूले पार्टीको आसन्न १४ औ महाधिबेशनका सन्दर्भमा आ–आफ्नो धारणा ब्यक्त गरेका छन् ।
बोल्ने क्रममा बक्ताहरूले क्षेत्र नं. १ का क्षेत्रिय सभापति माधवराम खत्रीले बिधि बिधान र पद्धति नमान्दा तोकिएको समयमा अधिबेशन हुन नसक्कोमा चिन्ता ब्यक्त गर्दै आक्रोस पोखेका थिए ।
बक्ताहरूले कुनै अमुक ब्यक्तिको दम्भ र अहंकारले गर्दा पार्टीलाई बन्दक बनाउन नहुने बताए । वडा, पालिका र प्रदेश समितिले बिधान सम्मत ढंगले सिफारिस गरेका क्रियासिल सदस्यताको नामावलि ईन्ट्री गर्ने क्रममा क्षेत्रिय सभापतिले मनोमानी ढंगले नामावलि थप्ने र हटाउने गरेका कारण कृयासिल सदस्यता बितरणमा बिबाद सृजना भएको बक्ताहरूले बोल्ने क्रममा भने ।
ब्यक्तिगत स्वार्थमा संगठनलाई दुरूपयोग गर्नु गलत भएको पनि उनीहरुको भनाइ छ ।
कर्यक्रममा पार्टीमा लामो समय देखि योगदान गरेका बरिष्ठ नागरिकहरू हिम लाल उपाध्याय, रमेश कुमार गौतम, गोपाल अहीर लगायत ५० जना बरिष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो भने कार्यक्रममा ७१ जनाले रक्तदान पनि गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला पार्टी सभापति किरण कोईरालाले पदिय दायित्वमा रहेका ब्यक्तिहरूले बिधि बिधान र पद्दति अनुसार पार्टी सञ्चालन गर्न नसक्ने हो भने पार्टी सही दिशामा अगाडी बढन नसक्ने बताइन् । उनले तोकिएको समयमा अधिबेशन सम्पन्न गर्न सबैलाई आग्रह गरिन् ।
कार्यक्रममा जिल्ला सचिब तप्त पौडेलले पनि पार्टीको आगामी अधिबेशनमा पार्टीलाई बिधान बिपरित ब्यक्तिगत स्वार्थमा प्रयोग गर्ने ब्यक्तिलाई ठेगान लगाउनु पर्ने बताए ।
महासमिति सदस्यद्वय नारायण गौडेल र हुर्मत न्यौपानेले बिभिन्न समयमा भएका आम निर्वाचनमा आफुहरूले पार्टीका आधिकारीक उम्मेदवारलाई हराउन सधै अन्तर्घात गर्ने तर पदिय जिम्मेवारीको दुरूपयोग गर्दै पार्टीका ईमान्दार कार्यकर्ताहरूलाई कार्वाहीको सिफारिस गरेर तेजोबद गर्न खोजेको आरोप लगाए ।
उनीइहरूले कृयासिल सदस्यता बितरणमा सम्पुर्ण अधिकार वडा समितिलाई रहेको बताउदै वडा, पालिका र प्रदेशले बिधान सम्मत ढंगले सिफारिस गरेका क्रियासिल सदस्यतालाई काँटछाँट गर्ने अधिकार क्षेत्रिय सभापतिलाई नभएको बताए ।
यस्तै नेपाली काँग्रेसका युवा नेता तथा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय महासचिव पोषण केसीले नेपाली काँग्रेसले राणा, पंचायत र राजाको तानाशाहलाई अन्त गरेको बताउँदै पार्टीमा कसैको तानाशाह र अधिनायकबाद नचल्ने र पार्टीभित्रका त्यस्ता अधिनायकबादीहरूलाई आगामी अधिबेशनमा कार्यकर्ताहरूले तह लगाउने बताए ।
उनले क्षेत्रिय सभापति माधब राम खत्री फेरी तेस्रो कार्यकालका लागि निर्वाचन लडने घोषणा गरेकाले आफुले चुनाव हार्ने परस्थिति भएको हँुदा कुनै पनि हालतमा निर्वाचन जित्नका लागि हरेक हतकण्डा अपनाउन खोजेको तर क्षेत्रिय सभापतिका बिधि बिधान बिपरितका यस्ता प्रकारका कुनै पनि हत्कण्डा सफल नहुने बताए ।
युवा नेता केसीले क्षेत्रिय सभापति कै दम्भ, अंहकार र बालहठले आजसम्म बाँकेको अधिबेशन हुन नसकेको आरोप लगाए ।
वडा नं ८ का पार्टी सभापति बेल बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा पु्र्व क्षेत्रिय सभापति नारायण सिग्देल, क्षेत्रिय सचिब डिल्ली गिरी, नेपाल ट्रेड युनियन काँग्रेस बा‘केका अध्यक्ष राम बहादुर मल्ल, पुर्व महाधिबेशन प्रतिनिधि कृष्ण कार्की, जिल्ला सदस्यहरू चिन्तामणि धिताल, नम बहादुर आले, गौरा भट्टराई र बिराट खानेपानी समितिका अध्यक्ष खुम बहादुर खत्री, क्षेत्रिय प्रतिनिधि लाल बहादुर राणा लगायतले बोलेका थिए ।
कार्यक्रममा पार्टीमा लामो समयदेखि योगदान गरेका बरिष्ठ नागरिकहरू हिम लाल उपाध्याय, रमेशकुमार गौतम, गोपाल अहीरलगायत ५० जना बरिष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो भने कार्यक्रममा ७१ जनाले रक्तदान पनि गरेका थिए ।