स्वतन्त्र उम्मेदवार शेषले चुनावी अभियान थप तीब्र बनाउँदै

सदरलाइन संवाददाता २२ कार्तिक २०७९, मंगलवार १३:०६
 

नेपालगञ्ज : बाँकेको क्षेत्र नंं. २ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार ईरफान अहमद शेषले चुनावी अभियान शहर र गाँउ क्षेत्र दुवैमा तीब्र बनाएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा चुनावी अभियानलाई तीब्र पारेका हुन् । बाँके जिल्लामै क्षेत्र नं. २ लाई मुख्य रुपमा लिने गरिएको छ । यस क्षेत्रले समग्र जनताको ध्यान तानेको छ ।

जनमत पार्टीले उम्मेदवार शेषलाई चुनावमा भिड्न टिकट दिन पछाडी हटेपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । जनमत पार्टीले जसपाबाट केन्द्रिय सदस्यको प्रतिनिधित्व गरेर आएका बाबु खाँलाई टिकट दिएको छ । जस पश्चात जनमत पार्टी माथि टिकट बेचेको आरोप लागेको छ ।

उम्मेदवार शेषले किसान, पिडित रिक्सावाला, बैंक तथा सहकारी पिडित, नागरिकता विधेयक लगायतको आवाज बनेर यति बेला उम्मेदवार शेष सहित उनको टिम गाँउ शहर एक गरेका छन् ।


उनले नेपालगञ्ज उपमहानगरपालिलका २१, डुडुवा गाँउपालिकाको वडा नं. २ का केही गाँउमा घरदैलो गरेका थिए । त्यस बेला स्वतन्त्र उम्मेदवार शेषले चुनावी माहोल आफ्नो पक्षमा पार्न गाँउमा केन्द्रित भएको हामीलाई बताएका थिए ।

क्षेत्र नं. २ को बिकट क्षेत्रमा मलखाद्य, बिउबिजन, कृषि औजारमा पछाडी पर्दै आएका कृषक, पिडित रिक्सावालाहरुको बिषयलाई बुझ्दै जनताको दैलोमा खटिएका छन ।

उनी आफ्नो चुनाव चिन्ह डोजरलाई जनता बीच चिनाउँदै घरदैलोमा खटिएका छन् । उनले यी पिडितहरु कै बिषयलाई सदन र सडक दुवैबाट सरकारलाई दबाब दिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा ३० वर्ष कैद सजाय पाएका फरार अभियुक्त पक्राउ

२२ कार्तिक २०७९, मंगलवार १३:०६
बर्दिया : कर्तव्य ज्यान मुद्दामा तीस वर्ष कैद सजाय पाएका एक अभियुक्तलाई बर्दिया प्रहरीले करिब ६ वर्षपछि पक्राउ गरेको छ । ०७२ फागुन ५ गते राति ठाकुरबाबा नगरपालिका—८ का ६९ वर्षीयजोरे थापालाई घरमै सुतिरहेको अवस्थामा हत्या गरिएको थियो । घटनाको अर्कोदिन प्रहरीले हत्याका अभियोगमा सोही ठाउँका २४ वर्षीय टोपे भन्ने […]

सम्बन्धित