खजुरामा “झुम्कावाली” संगै नचाए प्रमोदले

१८ माघ २०७३, मंगलवार १२:३०
 

सदरलाइनडटकम    
खजुरा बाँके : बाँकेको खजुरामा सञ्चालनमा रहेको महोत्सवमा लोकप्रिय गायक प्रमोद खरेलले दर्शकलाई झुमाएका छन । ‘औइ झुमा झुमा झुम्कावाली’ बोलको गीतबाट महोत्सवको स्टेजमा उत्रिएका खरेलले आधा दर्जन गीत गाउदै मेला परिसर तताए ।
साँझ चार बजे स्टेज चढेका खरेलले ४५ मिनेटसम्म हंगामा मच्चाएका थिए । रात परिसक्दासमेत दर्शकहरूको वान्स मोर वान्स मोर आइ नै रहयो खजुरा महोत्सवमा प्रमोद खरेलको गीत सुन्न र मेला हेर्न आएकाहरूको लामो प्रतिक्षापछि खरेलको गीतसँग भरपुर मनोरञ्जन लिएका हुन् ।
जब प्रमोद खरेल झुम्कावाली भन्दै मञ्चमा उत्रिएका मात्र के थिए, हुटिङ्ग र तालिले उनलाई दर्शकले साथ दिएका थिए । महोत्सवमा खरेलको गीतमा रमाउनेहरूको कमी भएन । उनले दर्शकलाई भरपुर मनोरञ्जन दिए । हजारौंको संख्यामा प्रमोद खरेलको गीत सुन्न र मनोरञ्जन गर्न खजुराका मात्र नभएर नेपालगन्ज, कोहलपुर, बर्दिया लगाएतका स्थानबाट महोत्सवमा उत्रिएका थिए ।
प्रमोद खरेलले गीत गाइरहँदा प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन हम्मेहम्मे परेको थियो । खरेलका चर्चित तिमीविना कसै कसैलाई, तिमीविना एक्लै, हङगामा भो लगायतका गीत गाएका थिए । उनका गीत सुनेर कति भावुक बने त कतिले ताली बजाउँदै खरेललाई साथ दिए । अर्की लोक तथा दोहोरी गायिका करिष्मा घर्तिमगरले पनि विभिन्न गीत गाएर दर्शक नचाएकी थिइन ।
स्थानीय कलाकारले पनि दर्शकको मन जितेको प्रसार प्रचार समितिका सम्योजक तिलक गाउलेले जनाए । हाम्रो खजुरा हाम्रो शान, धार्मिक सदभाव हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएको कृर्षि पर्यटन प्रर्बद्धन साँस्कृतिक एंव ऐतिहासिक धार्मिक मुसवेटवा बाबा मेला तथा प्रथम ब्यापारिक खजुरा महोत्सवमा मौतका कुवा, पिङ्ग, बोटिङग, थारु परीकार लगायत कृषि प्रर्दशनि व्यापार मेलाको समेत अवलोकन गर्ने व्यवस्था मीलाइएको आयोजक आधुनिक युवा सन्जालका अध्यक्ष तिलकविर सुनारले बताए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जीवन भेटिए खजुराको सिमली छायाँमा, बद्रीले बुधबार घाम लगाउदै

१८ माघ २०७३, मंगलवार १२:३०
सदरलाइनडटकम     १८ माघ, खजुरा (बाँके) : बाँकेको खजुरामा मगलबार जनगायक जीवन शर्माले आफ्नो प्रस्तुती पस्केका छन् । ‘सिमली छायाँमा बसी भरीया लामो सास फेरेको गीतबाट प्रस्तुती दिन शुरु गरेका शर्माले मधेशी, पहाडी, हिमालमा हिमाली, झरनाको चिसो पानी, देश जान थाल्यो टुक्क्रा टुक्क्रा परेर लगाएतका आधा दर्जन जनबादी गीत गाएर […]