ढुङ्गा बिछ्याएर अस्थायी पुल

सदरलाइन संवाददाता १२ पुष २०७९, मंगलवार १४:५४
 

नेपालगञ्ज : रोल्पा–दाङ सडकखण्डको ग्वार खोलामा ढुङ्गा बिछ्याएर हिउँदे पुल तयार पारिएको छ । मध्यदाङको बिजौरी, श्रीचौर हुँदै रोल्पाको होलेरी दहवन र सल्यान जोड्न ढुङ्गा बिछ्याएरै हिउँदे पुल बनाएका छन् ।

तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा पर्ने खोलामा पालिकाकै बजेटबाट पुल निर्माण गरे पनि रुन्टीगढी गाउँपालिका–८, रानीबास क्षेत्रमा ग्वार खोलाको पानीको बहाव बढेकाले यातायातका साधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।

पुल बनाएपछि असोजदेखि जेठ महिनासम्म यात्रा गर्नका लागि सहज भएको स्थानीय सुरेन्द्र बुढाले बताए । यो सडकखण्ड भएरै सल्यानको कपुरकोट गाउँपालिका, रोल्पाको रुन्टीगढी गाउँपालिकावासीलाई कृषिजन्य वस्तुको बिक्री वितरण, औषधोपचारका लागि सहज भएको स्थानीय शिक्षक बाने खड्काले बताए ।


सडकखण्डको करिब २८ किलोमिटरमध्ये बिजौरीदेखि बाँसगडीसम्म दुई किलोमिटर कालोपत्रे भएको छ । बाँसगढीदेखि कुटेचौरसम्म पाँच किलोमिटर कालोपत्रेको काम भइरहेको छ । रुन्टीगढी गाउँपालिकाको दहवनदेखि झेनामसम्म कालोपत्रे भइरहेको छ ।

पुल निर्माण भएपछि बिजौरी हुँदै दहवनसम्म दैनिक बस, ट्याक्सी यातायातका साधन सञ्चालनमा आएका छन् । यस सडकखण्डलाई बाह्रै महिना सञ्चालनका लागि रुन्टीगढी गाउँपालिका–८ को रानीबास क्षेत्रको ग्वार खोलामा पुल निर्माणका लागि प्रदेश सरकारसँग माग गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष जनक पुनले तुलसीपुर उपमहानगरपालिका र रुन्टीगढी गाउँपालिकाबीच संयुक्त रूपमा त्यस क्षेत्रका पुल निर्माणका लागि माग गरिएको बताए । यस सडकलाई तीन जिल्ला जोड्ने रणनीतिक मार्गका रूपमा अघि बढाउन थालिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्यु इयर इभमा पहिलो पटक टिमसहित प्रमोद खरेल नेपालगञ्जमा आउदै

१२ पुष २०७९, मंगलवार १४:५४
नेपालगञ्ज : अग्रेजी नयाँवर्ष २०२३ लाई भब्यरुपमा सफल पार्न सिद्धार्थ होटेल नेपालगञ्जले चर्चित गायक प्रमोद खरेल टिमको सास्कृतिक कार्यक्रमसहित ‘न्यु इएर इभ’ आयोजना हुने भएको छ । सिद्धार्थ होटेल नेपालगञ्जमा चर्चित गायक प्रमोद खरेलको पहिलो पटक ब्यान्डसहितको बिभिन्न रोचक प्रस्तुती रहने होटलका व्यवस्थापक केशव न्यौपानेले सदरलाइन डटकमलाई बताए । ‘नेपालगञ्जबासीलाई […]