खजुराको क्यान्सर अस्पताललाई बस र एम्बुलेन्स प्रदान

सदरलाइन संवाददाता ३१ असार २०८०, आईतवार १६:२६
 

खजुरा (बाँके) : नेपालको नारायणी नदी पश्चिमको एक मात्र क्यान्सर अस्पताल सुशिल कोईराला प्रखर क्यान्सर अस्पताललाई भारत सरकारले १ थान एम्बुलेन्स र १ थान बस उपलब्ध गराएको छ ।

भारतीय राजदुताबासमा आइतवार एक कार्यक्रमकाबीच अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्ल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निरज भट्टराईलाई एम्बुलेन्स र बस हस्तान्तरण गरिएको छ ।

नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री अशोक कुमार राई र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवको उपस्थितिमा १ थान एम्बुलेन्स तथा १ थान बस हस्तान्तरण गरिएको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए ।


नेपालगञ्जदेखि ८ किलो मिटर पश्चिम रहेको अस्पतालसम्म पुग्न स्थानीय यातायात ब्यवसायीहरुले सार्वजनिक यातायातको ब्यवस्था नगरिदिँदा अस्पताल पुग्ने बिरामीलाई सास्ती खेप्न परिरहेको थियो ।

अस्पतालको आफ्नै एम्बुलेन्स र बस भएपछि अस्पतालको सेवा लिने विरामीहरुलाई सहज हुने अस्पतालका मेसु डा. भट्टराईले विश्वास ब्यक्त गरे । स्वास्थ्य मन्त्रालयको समन्वयमा गरिएको अस्पतालको अनुरोधलाई छोटो समयमै सम्बोधन गरिदिएकोमा भारतीय दुतावास परिवारलाई उनले धन्यवाद दिए ।

धार्मिक अगुवा संत दीनदयालजीको संकल्पमा जनसहयोगबाट स्थापना भएको सो अस्पताल २०७२ सालमा नेपाल सरकारलाई स्वामित्व हस्तान्तरण गरेपछि संघीय सरकारले सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थापना दिवसमा फलफुल वितरण तथा सरसफाई

३१ असार २०८०, आईतवार १६:२६
नेपालगञ्ज : नेपाल उद्योग व्यापार महासंघको स्थापना दिवसमा विरामीहरुलाई फलफुल वितरण तथा सरसफाई गरिएको छ । महासंघको स्थापना दिवसको अवसरमा पश्चिम नेपालकै ठुलो भेरी अस्पताल नेपालगञ्जमा सरसफाई तथा विरामीहरुलाई फलफुल वितरण गरिएको हो । भेरी अस्पताल विकास समिति नेपालगञ्जका अध्यक्ष विरेन्द्र शाहको प्रमुख आतिथ्यतामा भएको फलफुल वितरण तथा सरसफाई कार्यक्रमको […]

सम्बन्धित