बाँसगढीमा पहिलो पटक महिला प्रहरी प्रमुख

सदरलाइन संवाददाता १४ भाद्र २०८०, बिहीबार १५:५०
 

बर्दिया : बाँसगढीले पहिलो पटक महिला प्रहरी प्रमुख पाएको छ । ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीमा प्रहरी निरिक्षकको रुपमा शैलेश्वरी बोहरा आएसँगै बाँसगढीले पहिलो पटक महिला प्रहरी प्रमुख पाएको हो ।

२०४५ सालमा स्थापना भएको मोतिपुर ईलाका प्रहरी कार्यालयमा पूरुष मात्रै प्रमुखको रुपमा रहँदै आएकोमा अहिले कार्यालयले महिला प्रमुख पाएको हो । प्रहरी निरीक्षक बोहरा कपिलबस्तु जिल्ला प्रहरी कार्यालयबाट सरुवा भई बाँसगढीमा आएकी हुन् ।

प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले सँगै बोहराले बाँसगढीका राजनीतिक दल, उद्योग, व्यापारी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधी, जनप्रतिनिधी, सञ्चारकर्मीहरु सँग परिचयात्मक कार्यक्रमको आयोजना गरी सहभागिहरुबाट बाँसगढी क्षेत्रको शान्ति सुरक्षाको अवस्था, चुनौती, समस्या लगायतका बिषयमा सल्लाह सुझाव लिएकी छन् । प्रहरी निरीक्षक बोहराले सहभागिहरुको सल्लाह सुझाव ग्रहण गर्दै आफनो कार्ययोजना समेत प्रस्तुत गरिन् ।


बोहराले बाँसगढी क्षेत्रको शान्ति सुरक्षा कायम राख्दै बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताइन् । उनले विद्यालयहरुमा गएर बाल विवाह र लागु औषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने, सडक दुर्घटना नियन्त्रण गर्न ठोस योजनाका साथ अघि बढ्ने बताइन् ।

त्यस्तै सामाजिक सञ्जालको दुरुपयोगले गर्दा आउने विभिन्न समस्याहरुको बारेमा समेत सचेत गराउन सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने, अवैध चोरी निकासी नियन्त्रण गर्ने लगायतका आफ्ना कार्ययोजना रहेको बताइन् । प्रहरी निरीक्षक बोहराले सबैको सल्लाह सुझाव र सहयोगका साथ आफ्नो कार्यकाल सफल बनाउने समेत प्रतिबद्धता जनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा बिहीवार गाईजात्रा मनाईयो

१४ भाद्र २०८०, बिहीबार १५:५०
नेपालगञ्ज : नेपालगञ्जमा बिहीवार गाइजात्रा पर्व मनाईएको छ । नेवाः समुदायको पुरानो संस्था नेवाः पुच बाँकेको मुख्य आयोजनामा नेपालगञ्जमा सापारु प्रदर्शन गर्दै गाइजात्रा पर्व मनाईएको हो । नेवाः पुचको आयोजना, नेवाः दये दबुको सह आयोजना र बाँकेमा क्रियाशील १० वटा नेवाः गुठीको सहकार्यमा संयुक्तरुपमा सापारु जात्रा सम्पन्न गरिएको नेवाः पुच […]