धनगढीमा आगलागी हुँदा अस्पतालसहित ८ पसल जले

सदरलाइन संवाददाता २ मंसिर २०८०, शनिबार १२:२८
 

कैलाली : कैलालीको मुख्य बजार धनगढीमा आगलागी हुँदा अस्पतालसहित ८ पसल जलेका छन् । शुक्रवार राती १ बजे धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा विद्युत सर्ट भएर आगलागी हुँदा अस्पतालसहित ८ पसल जलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको छ ।

स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको हुँदा धनगढी, गोदावरी र पुनर्वास नगरपालिकाका चार वटा दमकल, सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए ।


आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीसमेत परिचालन गरिएको थियो । आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ । क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

भण्डारी पसलसंगै जोडिएका अन्य ७ पसलमा पनि आगलागी भएको छ । आगलागीबाट सारथी अस्पतालमा पनि क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राहत साम्रगी लिएर एन प्याब्सनको टोली जाजरकोट प्रस्थान

२ मंसिर २०८०, शनिबार १२:२८
नेपालगञ्ज : जाजरकोटका भूकम्प प्रभावित नागरिकका लागि नेशनल प्याब्सन बाँकेको टोली राहत सामग्री लिएर प्रस्थान गरेको छ । छ लाख रुपैयाँ भन्दा बढिको राहत सामग्री लिएर नेशनल प्याब्सन बाँकेको टोली शनिबार बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा प्रस्थान गरेको हो । नेशनल प्याब्सनका केन्द्रिय सदस्य श्याम कुंवरको नेतृत्वमा लुम्बिनी प्रदेशका सह–कोषाध्यक्ष […]