सदरलाइनडटकम,
कैलाली : नौ ग्राम ब्राउन सुगरसहित एक साताअघि प्रहरीले पक्राउ गरेको धनगढीका एक युवकको शुक्रवार राती उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट लागुऔषध खरीद गरी लुकाएर ल्याउँदै गर्दा कैलालीको त्रिनगर प्रहरी चेक पोस्टमा जाँचका क्रममा पक्राउ परेका धनगढी उपमहानगरपालिका २ का ३७ वर्षीय सञ्जय न्यौपानेको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
न्यौपानेले ब्राउन सुगर मलद्वारभित्र प्लाष्टिकमा लुकाएर राखेको पाएपछि अस्पतालमा चिकित्सकको सहयोगमा निकालिएको प्रहरी नायब निरीक्षक बस्नेतले बताए । पक्राउ परेको दिनदेखि नै अस्पतालमा उपचार भइरहेका मृतक न्यौपाने लागुऔषध सेवनकर्ता पनि भएको बताइएको छ ।
