भट्टराईको व्यक्तित्वमाथि नेपालगञ्जमा चर्चा

सदरलाइन संवाददाता ८ पुष २०७९, शुक्रबार १७:२९
 

नेपालगञ्ज : नेपाली काँग्रेसका नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको ब्यक्तित्वमाथि नेपालगञ्जमा चर्चा गरिएको छ ।

स्वर्गीय भट्टराईको ९८औं जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस बाँकेले शुक्रवार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको विचार गोष्ठीमा बक्ताहरुले कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री भट्टराईले नेपाली राजनीतिमा पुर्याएको योगदान र उनको अनुकरणीय ब्यक्तित्वमाथि चर्चा गरेका थिए ।

स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताको पहिचान बनाएका भट्टराईले देखाएको वैचारिक स्पष्ट अडान, सैद्धान्तिक निष्ठा, नैतिकता र त्यागको मार्गदर्शनलाई अंगाल्न सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बक्ताहरुको भनाई छ ।


जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, पूर्व जिल्ला सभापति एवम् राष्ट्रियसभा सदस्य युवराज शर्मा, निवर्तमान सभापति किरण कोइराला, पूर्व सभापति कृष्णमान श्रेष्ठ, लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल, लुम्बिनी प्रदेशसभा सदस्य सुशिला बादी नेपाली, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता लगायतले बोलेका थिए ।

पार्टी सचिव सुधांशु कोइरालाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपसभापति गोपालप्रसाद अधिकारीले ब्यक्त गरेका थिए । भट्टराईको जन्मजयन्तीका अवसरमा जिल्ला कार्यसमितिले जिल्लाका ८१ वटै वडालाई, टोल समितिलाई समेत सक्रिय बनाई शुक्रवार विहान सरसफाई कार्यक्रम गर्न निर्देशन समेत दिएको थियो ।

’सन्त नेता’ को पहिचान बनाएका स्वर्गीय भट्टराई प्रजातन्त्रप्रतिको निष्ठाबाट टसको मस नभई अनुपम उदाहरण बन्न पुगेका थोरै नेताहरु मध्येका एक हुन् । उनी दुई पटक प्रधानमन्त्री बनेपनि बेदाग रहे । २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम सरकारका शक्तिशाली प्रधानमन्त्री रहँदारहँदै काठमाण्डौंबाट चुनाव हारेपछि उनले एउटा ट्याङ्का, सुराही र छाता बोकेर बालुवाटार छाडेको धेरैले अझै सम्झन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नगर प्रमुख आचार्यको घोषणा : मेयर कपको बजेट दोब्बरले वृद्धि

८ पुष २०७९, शुक्रबार १७:२९
कोहलपुर (बाँके) : स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ छैठौं नगरस्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता तथा पन्ध्रौं पालिका स्तरीय रास्ट्रपति रनिङ्गशिल्ड छनौट खेलकुद प्रतियोगिता शुक्रवारदेखि कोहलपुरमा सुरु भएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माबी कौशिलानगरको संचालन र व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो । नगर […]