शैक्षिक महोत्तसवमा साहित्यीक तथा सांस्कृतिक कार्यक्रम भब्य बनाइने

२९ आश्विन २०७४, आईतवार १८:३३
 

सदरलाइनडटकम
२९ असोज, नेपालगन्ज : नेपालगन्जमा आगामि मंसिरमा आयोजना गर्न लागिएको शैक्षिक महोत्सवको तयारी तीब्र पारिएको छ । ‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नया“ अभियान’’ भन्ने उदेश्यका साथ नेपालगन्जमा पहिलो पटक आयोजना गर्न लागेको राष्ट्रव्यापी शैक्षिक महोत्सवमा साहित्यीक तथा सांस्कृतिक कार्यक्रमको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा बा“केका साहित्यकार तथा बौद्धिक ब्यक्तित्वहरुसंग बृहद छलफल गरेको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बा“केको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका—१८ कारकांदोस्थित बहुउदेश्यीय सभागृह निर्माणस्थल परिसरमा यही मंसिर २८ गतेदेखि पुस ५ गतेसम्म आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव—२०७४ हुने भएको हो ।
आईतबार भएको बहृद छलफलमा महोत्सवमा साहित्यीक तथा सांस्कृतिक कार्यक्रमहरुका माध्यमबाट यसक्षेत्रका दर्शकहरुको मन जित्न सक्नुपर्ने कुरामा जोड दिदै त्यस अनुसारको कार्यक्रम गर्नुपर्नेमा जोड दिए । ‘रमाइलोका लागि होइन ज्ञानको सिकाई मुलक हुने कार्यक्रहरु राख्ने बिषयमा छलफल भएको छ । ’साहित्यीक तथा प्रतियोगिता उपसमितिका संयोजक ऋषीराम सापकोटाले भने । उनका अनुसार सो कार्यका लागि साहित्यकारहरु बीच कार्यबिभाजन समेत गरिएको छ ।
छलफलमा महोत्सव मुल आयोजक समितिका संयोजक बुद्धिप्रसाद अधिकारी, प्रचार प्रसार समितिका संयोजक एवं पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका सल्लाहकार बिष्णु लामिछाने, साहित्यीक तथा प्रतियोगिता समितिका उपसंयोजक ऋषीराम सापकोटा साहित्यकार हरिप्रसाद तिमिल्सिना, इन्द्रबहादुर भण्डारी, मुल आयोजक समितिका सदस्य सचिव सागर ज्ञवाली, लेकप्रसाद प्याकुरेल, भोजराज शर्मा, मिना ढकाल, मनबहादुर भण्डारी, गणेश सापकोटा, बामदेव सुबेदी, सुन्दर गुरुगं, सुमित्रा न्यौपाने, मनप्रसाद रेग्मी, ऋचा लुइटेल, सुरेन्द्र काफ्ले, ओविराज आचार्य, तिलक गाउ“ले लगायतको सहभागिता रहेको थियो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बा“के शाखाका प्रथम उपाध्यक्ष सालिक सुबेदीका अनुसार ७ दिनसम्म सन्चालन हुने महोत्सवका माध्यमबाट पुस्तक र त्यससंग जोडिएका विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गर्दै उनीहरुमा रचनात्मक क्षमताको अभिवृद्धि गर्ने उदेश्य रहेको छ ।
महोत्सवमा दुई लाख बढि दर्शक भित्राईने छ भने १ सय ५० बढि स्टलहरु रहने छ । स्टलहरुमा विभिन्न मसलन्द तथा शैक्षिक सामाग्रीका राष्ट्रिय उत्पादनहरु, बैदेशिक उच्च शिक्षाका लागि क्रियाशील कन्सल्टेन्सीहरु, सूचनामूलक कम्प्युटर सम्बन्धी एजेन्सीहरु राखिने छन् । महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन, कला र संस्कृति जगेर्ना गर्नका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै अवलोकनकर्ता तथा सहभागीताका लागि खाजाघर एवं प्राथमिक उपचार कक्ष राखिने छ ।
महोत्सवका माध्यमबाट नेपालगन्जको ऐतिहासिक र पुरानो महेन्द्र पुस्तकालय लगायत पुस्तकालयहरुको प्रचारप्रसार गरी संरक्षण तथा सम्बद्र्धनमा ध्यानाकर्षण गराउने , पठन संस्कृतिको अभियानमा लागि पर्ने व्यक्ति, संघसस्थाहरुसँग सहकार्यमा सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्दै जिम्मेवार व्यवसायी संस्थाको रुपमा स्थापित गर्ने, व्यवसायीहरुको दक्षता र क्षमता अभिवृद्धि गराई व्यवसायलाई प्रर्बद्धन गर्दै सामाजिक दायित्वबोधका साथ सक्षम तुल्याउने लक्ष्य रहेको छ ।
प्रथम पटक २०६४ सालमा बुटवलबाट शुरु भएको राष्ट्रिय शैक्षिक महोत्सव क्रमश :२०६६ मा पुन:बुटवल, दोस्रो २०६७ धनगढी, २०६८ चितवन, २०६९ पोखरा,२०७१ झापा, २०७२ मा ग्लोबल एक्पोजिसन संघको संयुक्त आयोजनामा काठमाण्डौ ,२०७३ मा दाङ हुदै आठौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव बा“केको नेपालगन्जमा गर्ने तयारीका भइरहेको हो ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नियोक बाँकेको सभापतिमा नमस्कार शाह

२९ आश्विन २०७४, आईतवार १८:३३
सदरलाइनडटकम २९ असोज, नेपालगन्ज : राष्ट्रिय निर्बाचन पर्यबेक्षण समिति (नियोक) जिल्ला समिति बाँकेको सभापतिमा नमस्कार शाह सर्बसम्मत चयन भएका छन् । आईतबार नेपालगन्जमा सम्पन्न जिल्ला भेलाबाट शाहलाई सभापति चयन भएक हुन् । पुनःगठित जिल्ला समितिको उपसभापतिमा नेत्रकला शाही र डोलबहादुर भण्डारी चयन भएका छन् भने सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः […]