नेपालगञ्जमा कोरोनाविरुद्धको बुस्टर खोप लगाउन शुरु

सदरलाइन संवाददाता २२ चैत्र २०७९, बुधबार १२:५२
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा आज कोभिड १९ विरुद्धको बुस्टर खोप लगाउन शुरु गरिएको छ । २३ वटै स्वास्थ्य संस्थाबाट फाइजर बाइभ्यालेन्ट खोप दिन शुरु गरिएको हो ।

कोभिड १९ विरुद्धको पहिलो श्रृंखलाको खोप पूरा गरेको तीन महिला पुगेकोलाई पहिलो बुस्टर र पहिलो बुस्टर मात्रा पूरा गरेको ६ महिना पुगेकोलाई दोस्रो बुस्टर दिन शुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका निमित्त प्रमुख जागेश्वर बस्नेतले बताए ।


५५ बर्ष माथिका पहिलो बुस्टर लिन बाँकी रहेकालाई पहिलो बुस्टर मात्रा, स्वास्थ्यकर्मीहरु, १२ बर्ष माथिका दीर्घ रोगीहरु, गर्भवती र रोगको प्रतिरोध क्षमता कम भएका व्यक्तिहरुलाई पनि पहिलो बुस्टर मात्रा तथा यदि उल्लेखित लक्षित समूहले पहिलो बुस्टर लगाएको ६ महिना पूरा भएको छ भने दोस्रो बुस्टर डोज लगाइने बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिँचाइ, मल र बीउ नपाएको भन्दै सांसद कुर्मीद्वारा चिन्ता व्यक्त

२२ चैत्र २०७९, बुधबार १२:५२
नेपालगञ्ज : लुम्बिनी प्रदेश सभाका सांसद बादशाह कुर्मीले कृषि प्रधान देश भएपनि किसानले सिँचाइ, मल र बीउ पाउन नसकेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै उनले भने, ‘सिक्टा सिचाइँ आयोजना २०६३ सालदेखी सुरु भएको अवस्था हो, सात वर्षमा सम्पन्न हुने यसको लक्ष्य थियो, झण्डै १६ […]