बैतडीमा शिक्षक हत्या आरोपमा श्रीमान् श्रीमती पक्राउ

सदरलाइन संवाददाता ७ पुष २०७९, बिहीबार १४:५३
 

नेपालगञ्ज : बैतडीमा मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या आरोपमा श्रीमान् श्रीमती पक्राउ परेका छन् । विष्ट बस्ने छात्रवासमै बस्ने एक युवती र उनका श्रीमान् पक्राउ परेका हुन् ।

जिल्लाको सुर्नया गाउँपालिकाको ग्वानी घर भएर पाटनस्थित कृष्ण माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका विष्टको हत्या गरेको अभियोगमा कृष्ण माध्यमिक विद्यालयमै कम्प्युटर डिप्लोमा अध्ययन गर्ने पुर्चौडी नगरपालिकाकी बिमला बोहरा र उनका श्रीमान् प्रजा बोहरा पक्राउ परेका हुन् ।


प्रारम्भिक अनुसन्धानबाट शिक्षक विष्टको हत्या भएको र अभियुक्त दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ । शनिबार मृत फेला परेका शिक्षक विष्ट र हत्या आरोपमा पक्राउ परेकी बोहरा दुबै कृष्ण माध्यमिक विद्यालयको छात्रबासमा बस्दै आएका थिए ।

शुक्रबार राति विवाद भएपछि श्रीमान् श्रीमती मिलेर हत्या गरेको दाबी प्रहरी अधिकारीको छ । शिक्षक विष्ट पुस २ गते बिहान पाटनस्थित कृष्ण माध्यमिक विद्यालयको होस्टेल पछाडि मृत अवस्थामा भेटिएका थिए । विष्टको हत्या भएको र दोषीलाई पक्राउ गर्नुपर्ने माग गर्दै जिल्लामा आन्दोलन चर्किएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज २२ मा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रभावकारी बन्दै

७ पुष २०७९, बिहीबार १४:५३
नेपालगञ्ज : नेपालगञ्जको खलवा पुरैनी स्वास्थ्य संस्थाबाट प्रदान हुने किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय स्वास्थ्य संस्थाले छुट्टै कोठाको व्यवस्थापन गरेर शुरु गरेको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा लिन पुग्नेको संख्या बढेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ खलवा पुरैनीमा रहेको स्वास्थ्य संस्थाले स्थानीय स्वास्थ्य […]