बाँकेमा अहिलेसम्म मात्र १५ प्रतिशत धान रोपाईं

सदरलाइन संवाददाता १५ असार २०८०, शुक्रबार १५:०९
 

नेपालगञ्ज : करिब देशभरि धान रोपाईं कार्यक्रम भइरहँदा बाँकेमा भने अधिकांश खेत बाँझै रहेका छन् । कृषि ज्ञान केन्द्र बाँकेले असार १५ सम्म जिल्लाका आठ वटै स्थानीय तहमा गरी करिब १५ प्रतिशत धान रोपाईं भएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद खानले अझ पनि केही किसानले धानको बिउँ राख्न बाँकी रहेको बताए । कृषि ज्ञान केन्द्रका प्रमुख खानले भने, ‘सिँचाइको सुविधा भएका स्थानमा बढी धान रोपाईं भएको छ, अन्य स्थानमा बर्सातको अभावमा धान रोपाइँ हुन सकेको छैन ।’

कृषि ज्ञान केन्द्रका अनुसार सिँचाइको सुविधा भएका डुडुवा, बैजनाथ र राप्ती–सोनारी गाउँपालिकामा बढी धान खेती भएको छ । अहिले धान रोपाईंका लागि सबैभन्दा उपयुक्त समय भएको भन्दै कृषि प्राविधिकले अब पनि बर्षातमा ढिलाइ भएमा किसानले राखेको बिउँ छिपिन्ने बताएका छन् ।


बर्षातको अभावमा घरमा खानेपानीको धारा, मोटर तथा पम्पसेटको प्रयोग गरी जेठमै बीउ राखेका किसानहरू यतिबेला वर्षा नभएपछि बिउँ बुढो हुने चिन्तामा परेका छन् । समयमा बर्षात नहुँदा बाँकेको नरैनापुरमा गत वर्ष पनि सुख्खा भएको थियो । बाँकेमा जिल्लाभरि ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

बाँकेमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण भएपनि शाखा नहरको काम समयमै सम्पन्न नभएका कारण किसानले पर्याप्तता लाभ लिन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुणस्तरीय स्वास्थ्य सेवा आजको आवश्यक्ता

१५ असार २०८०, शुक्रबार १५:०९
नेपालगञ्ज : साधारण शिक्षा बिना स्वास्थ्य शिक्षाको परिकल्पना गर्न नसकिने एक कार्यक्रमका सहभागीहरुलेले बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा शुक्रबार सम्पन्न भएको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा वडा नम्बर ९ को सामाजिक परीक्षण कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जन स्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गुणस्तरीय स्वास्थ्य सेवा […]

सम्बन्धित