सामाजिक अभियान्त उपाध्याय टर्की भ्रमणमा

३२ श्रावण २०७६, शनिबार १८:०२
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : पूर्णचन्द्र उपाध्याय जो सबैका मामा भनेर चिनिन्छन् । एक सशक्त सामाजिक अभियान्ता पूर्णचन्द्र लामो समयदेखि महिला, बालबालिका तथा श्रमिकका क्षेत्रमा काम गर्दै आएका छन् । उनै पूर्णचन्द्र ५ दिने एक महत्वपूर्ण भ्रमणमा निस्किएका छन् ।
मानव तस्करीमा परेका तथा अवैधरुपमा वैदेशिक यात्रामा निस्किने नेपाललगायत कुनैपनि देशका नागरिकको अवस्था बुझ्न तथा सुरक्षित आप्रवासन सम्बन्धी एक कार्यक्रममा भाग लिन उनी टर्की र अजरबै जान लागेका हुन् । खजुरा गाउँपालिकाका विज्ञ समूह सदस्य उपाध्यायलाई शनिवार एक कार्यक्रमका वीच गाउँपालिकाले बिदाई गर्यो ।
नेपालबाट ट्रेड युनियन प्रतिनिधि (काउन्सिलर)का रुपमा सुरक्षित आप्रवासन सम्बन्धी कार्यक्रममा भाग लिन उनी शनिवारनै बाँकेबाट काठमाडौं प्रस्थान गरेका छन् । सामाजिक अभियान्ता उपाध्यायले ५ दिने भ्रमण तथा कार्यक्रममा सहभागी जनाएर नेपाल फर्किने जनाएका छन् ।

Next Post

जनमतको रक्तदान कार्यक्रम सम्पन्न

३२ श्रावण २०७६, शनिबार १८:०२
सदरलाइनडटकम, नेपालगञ्ज : जनमत अद्र्ध साप्ताहिकले द आर्ट अफ लिभिङ, बाँकेको सहकार्यमा आज सम्पन्न वृहद् रक्तदान कार्यक्रममा ४ जना महिलासहित ३५ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा स्वयम्सेवी रक्तदाता, पत्रकार, व्यवसायी, कर्मचारी लगायतले रक्तदान गर्नु भएको हो । शनिवार भएको कार्यक्रममा जनमत सम्पादक पूर्णलाल चुके र नेपाल रेडक्रस सोसाइटी बाँके […]