स्वास्थ्योपचार गरि नरैनापुरका अध्यक्ष शाह घर फर्के

सदरलाइन संवाददाता ३ कार्तिक २०७९, बिहीबार १४:३२
 

नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह ५ दिनको स्वास्थ्य उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन् । अध्यक्ष शाहको सचिवालयले अध्यक्ष शाह स्वास्थ्य लाभ गरी आज घर फर्किएको जनाएको छ ।

अध्यक्ष शाह डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशिलताका कारण केही दिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन् ।


चिकित्सकको सल्लाह अनुसार अध्यक्ष शाहले केही दिन घरमै आराम गर्नेछन् । एन्फ्लुयन्जा संक्रमणसंगै निमुनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजले थप उपचारका लागि रिफर गरेपछि गत आइतबार भारतको लखनउस्थित रहेको अपोलो अस्पतालमा अध्यक्ष शाह भर्ना हुनु भएका थिए ।

डिस्चार्ज भएपछि अध्यक्ष शाहले भने–“अस्पतालमा मलाई रेखदेख गर्ने सबै डाक्टर, नर्स, सहयोगी र व्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु । म अस्पतालमा रहँदा भेट्न आउनुहुने र सुस्वास्थ्यको कामना गर्ने सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा प्रचार सामग्री हटाउने अभियान तीब्र

३ कार्तिक २०७९, बिहीबार १४:३२
कोहलपुर (बाँके) : कोहलपुर नगर प्रहरीले नगरपालिका क्षेत्रमा अनधिकृतरुपमा राखिएका प्रचार सामग्री हटाउने अभियानलाई आक्रामक बनाएको छ । नगरपालिकासँग स्वीकृत विना बजार क्षेत्रलाई नै कुरुप बनाउने गरि राखिएका त्यस्ता प्रचार सामग्रीविरुद्ध नगर प्रहरी हर्कतमा आएको हो । नगर प्रहरीले आफ्नो जिम्मेवारी सम्हालेपछि हालसम्म करिव पाँच सय फ्ल्यास बोर्ड र होर्डिङ […]