ब्राउन सुगरसहित जुम्लाबाट २ युवा पक्राउ

सदरलाइन संवाददाता २ पुष २०७९, शनिबार १३:४८
 

जुम्ला : जुम्ला प्रहरीले (लागुऔषध) व्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित २ युवालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगरसहित २ युवा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले बताए ।

तातोपानी गाउँपालिका– ८ घर भई हाल चन्दननाथ नगरपालिका–६ बसपार्कमा कोठा डेरा लिई बस्ने अन्दाजी २० वर्षीय रोशन शाही र चन्दननाथ नगरपालिका–६ बस्ने अन्दाजी २० प्रवीन रावललाई शुक्रवार बिहान १०ः३० बजे गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट सादापोसाकमा खटिएको प्रहरीले पक्राउ गरेको थियो ।


दुवै जनालाई संगै हिडिरहेको अबस्थामा फेला पारी निज दुबै जना मध्ये पहिला रोशन शाहीलाई कानून बमोजिम खान तलासी गर्दा रोशन शाहीले तल्लो शरीरमा लगाएको ट्राउजरको बायाँ खल्तीमा प्लाष्टिको दुई पुरिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिक हटाई तत्काल मान्यता प्राप्त तराजुले तौल गर्दा ११ मिलिग्राम फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुम्लाका यात्रुलाई हवाई टिकट पाउनै मुस्किल

२ पुष २०७९, शनिबार १३:४८
नेपालगञ्ज : हुम्लाको माथिल्लो क्षेत्रका यात्रुलाई हवाईजहाजको टिकट पाउनै सास्ती हुन थालेको छ । नेपालगञ्जमा लाग्ने बाक्लो हुस्सुको कारण सिमकोटका लागि कम उडान हुनु, हुम्लाबाट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रु धेरै भएपछि टिकट पाउन समस्या भएको हो । तीन दिन अगाडिदेखि नेपालगञ्ज झर्ने तयारी गरिरहेका रामबहादुर बोहराले टिकट नपाएर हैरान […]