रंगाशालामै प्रहरीले पत्रकारमाथि बर्साए लात्ती र मुक्का

२४ मंसिर २०७६, मंगलवार १८:४८
 

सदरलाइनडटकम,
काठमाण्डौ : १३औँ दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोहको दिन मंगलवार रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ । दशरथ रंगशालाको सुरक्षामा खटिएका तीनजना डिएसपीहरुले रंगशालामा उपद्रो मच्चाएका हुन् । डिएसपीहरु रुगम कुँवर, सन्तोष सिंह राठौर र राजेन्द्र धमलाले पत्रकारसहित सर्वसाधारणमाथि लाठी र लात्ती बर्साएका हुन् ।
उनीहरुले पक्रिसकेपछि पनि सर्वसाधारणमाथि जथाभावी कुटपिट गरेका थिए । सर्वसाधारणमाथि जाइ लागेका बेला फोटो खिचेको आरोपमा डिएसपी राठौरले नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंमाथि लात्ती नै बर्साएका छन् । उनीलाई एकजना प्रहरीले पक्रिएपछि राठौरले पछाडिबाट लात्ती बर्साएका हुन् ।
नेपाल र भुटानबीच हुने फुटबलको फाइनल भीडन्तको टिकटको मूल्य दोब्बर बढाएपछि सर्वसाधरण विरोधमा उत्रिएका थिए । फुटबल हेर्न रंगशाला आसपास जम्मा भएका सर्वसाधारणमाथि प्रहरीले कुटपिट गरेको थियो । विवाद चर्किँदै गएपछि प्रहरीले दर्शकलाई जथाभावी कुट्न थालेको थियो ।
दर्शकलाई प्रहरीले कुटेको फोटो खिचेको भन्दै पत्रकार चापागाईंमाथि राठौरसहितले कुटपिट गरेका हुन् । पत्रकार चापागाईंलाई प्रहरीले आयोजकबाट उपलब्ध ’एक्रिडेसन कार्ड’ लगाएको अवस्थामा समातेर कुटेको हो ।
प्रहरीको कुटपिटबाट चापागाईंको कानबाट रगत आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार बिहानैदेखि प्रहरी दर्शकमाथि जाइ लागेको थियो । त्यसक्रममा चापागाईंले फोटो खिचेपछि प्रहरीले मुख छाड्दै उनैलाई कुटपिट गरेका हुन् । (थाहाखबरबाट)


Next Post

विद्युत प्रशारण विस्तार विवाद साम्य

२४ मंसिर २०७६, मंगलवार १८:४८
सदरलाइनडटकम, नेपालगञ्ज : कोहलपुर–धामपुर विद्युत प्रशारण लाईन बिस्तारमा देखिएको विवाद साम्य भएको छ । सम्वाद समूह, बाँकेको सहजीकरणमा मंगलवार वडा कार्यालयमा गरिएको सम्वाद प्रक्रियापछि सहमती कायम गरिएको हो । कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईन बिस्तारको कार्य भइरहेका बेला कोहलपुर नगरपालिका वडा नम्वर १० चटारमा करिव दुई हप्तादेखि स्थानीयले अवरोध गर्दै […]