उद्योगपति केडिया अपहरणको मुख्य योजनाकार सार्वजनिक

२५ फाल्गुन २०७५, शनिबार १४:५२
 

सदरलाइनडटकम,
पर्सा : नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले शनिवार पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पासवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
२०७३ ज्येष्ठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित पसहापुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए । केडिया अपहरणको मुख्य योजनाकार पासवान र चालक महतोलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट शुक्रवार नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । उनले सिमापारीबाट आएका संदिग्ध व्यक्तिले आपराधिक घटना घटाउन योजना बनाएको गोप्य सूचनाको आधारमा गाउँपालिका–५ भिष्वामा कारबाही गर्दा पासवान र महतो फेला परेको बताए ।
पक्राउ परेका पासवान र महतोविरुद्ध बारा जिल्ला अदालतमा अपहरण, शरीर बन्धक, सङ्गठित अपराध, हातहतियार तथा खरखजाना मुद्दा रहेकाले आवश्यक कारवाहीका लागि दुबै अभियुक्तलाई बारा प्रहरीको जिम्मा लगाइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।

Next Post

विप्लवविरुद्ध सरकार कठोर रहने : गृहमन्त्री थापा

२५ फाल्गुन २०७५, शनिबार १४:५२
सदरलाइनडटकम, सुर्खेत : गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपाविरुद्ध सरकार कठोरताका साथ प्रस्तुत हुने बताएका छन् । कर्णाली प्रदेशको सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न सुर्खेत आएका गृहमन्त्री थापाले पत्रकारहरु कुरा गर्दै विप्लवविरुद्ध कठोरताका साथ प्रस्तुत हुने बताएका हुन् । गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपाले गर्ने भनेको क्रान्तीको अहिले कुनै आधार नभएकोले […]